उनीहरु यहि चाहन्थे, इतिहासमा लेखियोस ‘सुशान्त मानसिक रुपमा कमजोर थियो’ - Himal Post Himal Post
  • ९ कार्तिक २०८१, शुक्रबार
  •      Fri Oct 25 2024
Logo

उनीहरु यहि चाहन्थे, इतिहासमा लेखियोस ‘सुशान्त मानसिक रुपमा कमजोर थियो’



बलिउडकी निडर अभिनेत्री भनेर चिनिने अभिनेत्री कंगना रनौतले अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको कारण अहिले चलेको हल्लाजस्तो नभएको बताएकी छन् । एक भिडियो जारी गर्दै उनले भारतीय फिल्म उद्योग र पत्रकारीता निकै निर्मम भएको संकेत गरेकी छन ।

उनले सुशान्तको मृत्युको कारण भारतीय फिल्म उद्योग र त्यहाँका मिडिया भएको घुमाउरो संकेत गरेकी छन् । सुशान्तको मृत्युको कारण मानिसहरूले सुनेजस्तो सजिलो नभएको बन्दै गर्दै उनले भारतीय फिल्मी उद्योगमा र मिडियामा उनलाई पहिलेदेखि नै कमजोर बनाउन लागिपरेको बताएकी छन् ।

कंगना रनौत टिम नामक ट्वीटर एकाउन्टमार्फत भिडियो सार्वजनिक गर्दै उनले सुशान्तलाई जसरी ‘कमजोर मनोबल र कमजोर दिमाग भएको’ भनेर व्याख्या गरिएको छ, त्यो गलत भएको बताएकी छन्।

उनले भनेकी छन्, ‘इन्जिनियरिङमा राम्रो र्‍याङकमा आएर छात्रवृत्ति पाएका थिए। उनले त्यत्रो संघर्ष गरेका छन् उनको दिमाग कसरी कमजोर हुन सक्छ ?’

उनले भिडियोमा भनेकी छन्, ‘सुशान्त सिंह राजपूतको मृत्युले हामी सबैलाई तर्साएको छ । तर कोही मानिसहरु जो अफवाह फैलाउन एकदमै जान्ने छन्, उनीहरु भन्दैछन् की सुशान्त मानसिक रुपमा कमजोर थिए र डिप्रेशन भयो अनि आ’त्मह’त्या गरे। जुन युवा र्‍याङक होल्डर थिए, इन्जिनियरिङमा छात्रवृत्रि पाएका थिए उनको दिमागलाई कसरी कमजोर भन्न मिल्छ ?’

कंगनाले अगाडि भनेकी छन्, ‘उनको पछिल्लो पोस्टहरुमा यो कुरा स्पष्ट भनिएको छ की ‘प्लीज मेरो चलचित्र हेर।’ अन्तर्वार्तामा पनि उनले भनेका छन्, ‘यो इन्डस्ट्रीमा मेरो कुनै ‘गड फादर’ छैनन्, मलाई यहाबाट निकालिन पनि सकिन्छ। मलाई यो इन्डस्ट्रीले अपनाएको छैन, म किन यहाँको जस्तो अनुभव गर्न सकिरहेको छैन ?’ उनको यो भनाईमा केही तर्क छैन ?’

कंगनाले अगाडि भनेकी छन्, ‘तपाईँ याद गर्न सक्नु हुन्न ! काय पो चे जस्तो चलचित्रबाट उदाएका यो कलाकारलाई कुनै डेब्यू बेस्ट एक्टरको अवार्ड किन दिइएन ? केदारनाथ, छिछोरे, ध्वनि जस्तो चलचित्रमा काम गरेका छन्। गलिव्याई लगायत बकवास चलचित्रलाई अवार्ड दिइन्छ तर छिरोरे जस्तो चलचित्र र त्यसका निर्देशकलाई अवार्ड दिँइदैन। काम गरिन्छ तर त्यसको कृतज्ञता खोई ?

मलाई तपाईँको केही चाहिएको छैन, तर जे काम मैले गरेको छु, त्यसको आभार मलाई किन दिँइदैन ? म आफै निर्देशन गर्छु, मेरा सुपरहिट चलचित्रलाई फ्लप भनिन्छ। म माथि ६ वटा मुद्दा लगाइन्छ, मलाई जेल पठाउन खोजिन्छ। र यिनीहरुको जो चम्चा पत्रकारहरु छन्, जो सुशान्त जस्ता कलाकारको बारेमा मानसिक, दुर्व्यसनी थिए भनेर लेख्छन्। सञ्जय दत्तको दुर्व्यसनी त यिनीहरुलाई धेरै राम्रो लाग्छ त ! यिनीहरु मलाई किन सन्देश पठाउँछन्, ‘तिम्रो नराम्रो समय छ, तिमी यस्तो उस्तो नभन्नु। किन मेरो दिमागमा भर्न चाहन्छन् की म आ’त्मह’त्या गरौँ।

सुशान्त मरेका हुन् या मारिएका ?

सुशान्तले एउटै गल्ति गरे, त्यो भनेको उसले यस्ता कुराहरु माने। उनीहरुले भने ‘तिमी बेकार छौँ’ उनले माने। सुशान्तले उनको आमाले के भनेकी थिइन् त्यो सम्झेनन्। उनीहरुले भने, ‘तिम्रो केही हुने वाला छैन’ उनले माने।

उनीहरु यहि चाहन्थे इतिहासमा यो लेखियोस कि ‘सुशान्त मानसिक रुपमा कमजोर थियो।’ उनीहरु सत्य के हो त्यो बताउने छैनन्। अब हामीलाई यो निश्चय गर्न जरुरी छ की कसले इतिहास लेख्छ।’