वी.पी. कोइराला अध्ययन प्रतिष्ठानको उद्दघाटनको लागि भोलि देउवा बुटवल आउने - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

वी.पी. कोइराला अध्ययन प्रतिष्ठानको उद्दघाटनको लागि भोलि देउवा बुटवल आउने



हिमाल पोस्ट /बुटवल फागुन १३ 

वी.पी. कोइराला अध्ययन प्रतिष्ठान बुटवल दिपनगरको भोली उद्घाटन हुदैछ।बुटवल ९ मा रहेको प्रष्ठिानको भोली एक समारोहका बिच पुर्व प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले उद्दघाटन गर्ने कार्यक्रम रहेको जनाएको छ।

प्रतिष्ठानले शुक्रबार पत्रकार सम्मेलन गरेर पूर्वप्रधानमन्त्री देउवा, रक्षामन्त्री बालकृष्ण खाणँ , मन्त्री रमेश लेखक , सभासद भरत कुमार शाहा , नेपाली काग्रेस जिल्ला सभापति एवं सभासद अब्दुल रज्जाक लगायत सहभागि हुने जनाएको छ।

१०२ औ वि.पि. जयन्ती तथा ६७ प्रजातन्त्र दिवसको सन्र्दभमा उक्त भवन उद्घाटन तथा स्मारिक विमोचन गर्ने प्रष्ठिानका अध्यक्ष युवराज गिरीले बताउनु भयो । २०६१ सालमा बुटवल ९का वडा भेलाद्धारा गठन भएको समितिले ५८ सालमा जग्गा प्राप्त गरेको थियो ।

२०६५ सालमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा वी.पी. स्मृति वाचनालयको दर्ता भएको उक्त संस्थालाई पछिल्लो समय वी.पी. कोईराला अध्ययन प्रतिष्ठानमा परिणत भएको जनाएको छ। हाल प्रतिष्ठानमा बिभिन्न पुस्तकहरु राखिएको छ। भने ई लाईवेरीको रुपमा संचालन गर्ने योजना रहेको पत्रकार सम्मेलनमा गिरीले बताउनुभयो । भवन निर्माणका लागि करिब ६० लाख खर्च भएको छ ।
८१ जना सदस्य रहेको प्रष्ठिानले १५ लाख रुपयाँको अक्षय कोष स्थापना गर्ने , प्रजातान्त्रिक पद्धती मुल्य मान्यता र संस्कारको जर्नेना गर्ने ,वी.पी.का विचारलाई तल्लो स्तरका जनता सम्म पुराउने कामगर्ने जनाएको छ । पत्रकार सम्मेलनको संचालन खिमानन्द भट्टराईले गर्नु भएको थियो ।