२१ नेपाली जेलमा:नेपाली आप्रवासीलाई बेलायतमा झन् गाह्रो - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

२१ नेपाली जेलमा:नेपाली आप्रवासीलाई बेलायतमा झन् गाह्रो



लन्डन, १२ फागुन ।

अमेरिकामा ट्रम्प, यता टेरेजा मेको आतंक छ । ७ बर्षयता लन्डन बस्दै आएका प्रकाश बस्नेत (नाम परिवर्तन) ले गुनासो गरे ‘म जस्तो भिसा सकिएका आप्रवासीलाई यूके बस्ने ठाउँ रहेन ।’

कलेज बन्द भएपछि ६० दिनभित्र उनले नयाँ खोज्न सकेनन्, भिसा सकिएर ‘ओभर स्टे’ भए उनी । गैरकानुनी भएपछि जागिर, निशुल्क उपचार र घर बहालमा लिन प्रतिबन्ध छ ।

सुरभी शाह (नाम परिवर्तन) २००९ को अगस्टतिर डिपेन्डेन्ट भिसामा यूके आइन् । भ्यालिड भिसा छउन्जेल त ठिकै थियो तर श्रीमान् पढ्ने कलेजमा ताला लागेपछि दुखका दिन सुरु भए ।

श्रीमान् नेपाल फर्किए, अहिले उनीसँग गतिलो काम छैन । मनमा मात्र छ, कुन बेला समातिने हो भन्ने त्रास । यी दुई को जस्तै भोगाइ र समस्या यहाँ लाखौं गैरकानुनी आप्रवासीको छ ।

बेलायतमा गैरकानुनी नेपालीको संख्या एकिन नभएपनि हजारौं रहेको अनुमान गरिन्छ ।

लन्डन स्थित नेपाली दूतावासका उपनियोगप्रमुख एवं प्रवक्ता शरदराज आरणले हाल बेलायती जेलमा २१ नेपाली रहेको जनाउँदै गैरकानुनी नेपालीको संख्या भने थाहा नभएको बताए ।  आजको कान्तिपुरमा खबर छ ।