अस्पतालको आइसुलेसनमा उपचाररत बिरामीको ज्यान गयो - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

अस्पतालको आइसुलेसनमा उपचाररत बिरामीको ज्यान गयो



कैलाली । सेती प्रादेशिक अस्पतालको आइसुलेसन कक्षमा भर्ना भएका एक जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका- ७ का ५० वर्षिय वृद्धको बुधबार बिहान ज्यान गएको हो । उनि मंगलबार साझ मात्रै सेती प्रारदेशिक अस्पतालमा भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

मृतकको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको र पिसिआर को लागि स्वाब संकलन गरिएको श्रेष्ठले जानकारी दिए ।

भारत बाट आएका र त्यसैमाथी स्वास्थमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको श्रेष्ठले जानकारी दिए । उनि मंगलबारनै भारतको महारास्ट्र बाट आएको बताइएको छ ।