अब नेकपा (माओवादी) हैन नेपाल कम्युनिस्ट पार्टी भन्नुस - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

अब नेकपा (माओवादी) हैन नेपाल कम्युनिस्ट पार्टी भन्नुस



काठमाडौँ, फागुन १० 

रोल्पाको थवाङमा पाँच दिनदेखि जारी महाधिवेशनले नेकपा (माओवादी)को नाम परिवर्तन गरी नेपाल कम्युनिस्ट पार्टी राखेको छ ।

पार्टीको आठौँ महाधिवेशनले महासचिव नेत्रविक्रम चन्दले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन र विधान सर्वसम्मत पारित भएपछि उक्त नाम जुराएको हो ।  छरिएर रहेका कम्युनिस्ट पार्टी र समूहलाई गोलबन्द गर्दै अगाडि बढ्ने सोचका साथ उक्त नामकरण गरिएको सो पार्टीले जनाएको छ ।

तर ‘नेपाल कम्युनिस्ट पार्टी’को नाममा विगतमै निर्वाचन आयोगमा दर्ता दलहरूको सूचीमा ३२आँै नम्बरमा दर्ता भइसकेको छ ।  यो २०७३ साल कात्तिक २३ गते दर्ता भएको हो ।

नयाँ पार्टीको जन्मसँगै उक्त पार्टीको मार्गनिर्देशक सिद्धान्तमा माक्र्सवाद–लेनिनवाद–माओवाद तय गरिएको छ ।  यसअघि उक्त पार्टीको सिद्धान्तमा माओ विचारधारा पनि रहेको थियो ।

फागुन १ गते खुलामञ्चमा २२औँ जनयुद्ध दिवसको उपलक्ष्यमा आठौँ महाधिवेशन उद्घाटन भएको थियो ।  एकीकृत क्रान्तिका लागि सर्वहारावर्ग (मजदुर र किसान)सहित सहरी मध्यमवर्गलाई पनि पार्टीमा आबद्ध गर्दै पहिलो चरणमा सङ्गठन सुदृढ गर्ने अभियानमा लाग्ने केन्द्रीय सदस्य कृष्णप्रसाद धमलाले जानकारी दिनुभयो ।