दिल्लीमा हेल्पिंग हेन्डसको तेस्रो क्रिकेट टुर्नामेन्ट सम्पन्न - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

दिल्लीमा हेल्पिंग हेन्डसको तेस्रो क्रिकेट टुर्नामेन्ट सम्पन्न



हिमाल पोस्ट /नयाँ दिल्ली 

भारत,दिल्लीको लक्ष्मीनगर स्तिथ सीए अध्यानरत विद्यार्थीहरुको सस्था नेप्लिज स्टुडेन्ट हेल्पिंग हेन्डसद्वारा १३ फरवरी देखि १६ फरवरी सम्म नोएडाको सेक्टर १२३ मा तेस्रो क्रिकेट टुर्नामेन्ट सम्पन्न गरेको छ ।

नेपाली क्रिकेट क्लब ,नेपाली ग्लैडिएटर ,कपिलबस्तु क्रिकेट क्लब ,NSHH प्रमोटर टिम ,ठग लाइफ गाइस टिम ,रैगिंग बुल्स टिम ,रिस्क मिटिगेटर ,ब्लैक डेविल्स ,सुपर वारियर ,स्ट्रेटफोर्ड यूनिवर्सिटी टिम, माउंटेन हॉक्स र बजराही युथ क्लब गारी १२ टिमको उत्साहजनक सहभागिता भएको उक्त  टूर्नामेंट नॉक आउट चरणमा खेलाइएको थियो । टूर्नामेंटको फाइनलमा नेपाली क्रिकेट क्लब र कपिलवस्तु क्रिकेट क्लब बिच रोमांचक खेल भएको थियो । नेपाली क्रिकेट क्लबले बाजी मार्दै नगद पुरस्कार राशि भा रु १२००० र ट्रॉफी आफ्नो  पॉर्न सफल भयो भने  तेसै गरी दोस्रो हुन सफल कपिलवस्तु क्रिकेट क्लबले ६००० र टॉफी प्राप्त गरेको थियो। 

फाईनल  खेलका म्यान अफ  द म्याच  ऋषभ तिमिलसेनाभएका थिए र माउंटेन हॉक्स अनुशासित टिम घोषणा भएको थियो।आगामी दिनहरूमा दिल्ली  स्थित सम्पूर्ण नेपाली विद्यार्थीले समावेश गरेर क्रिकेट लगायत अन्य कार्यक्रमहरू आयोजना गर्दै अगाडी बढ़ने जानकारी संस्थाका सचिव निर्मल मरासिनी दिनु भएको थियो  ।

कुश कुमार मंडलको संयोजकतामा गरिएको उक्त टूर्नामेंट नेपाली विद्यार्थीहरुमा भएको अनुसासन र क्षमता प्रस्फुटन गर्न सफल भएको संस्थाका अध्यक्ष  विवेक विक्रम सिजापतिले दिनु भएको छ ।  उक्त टूर्नामेंटका विजेता उपविजेता म्यान अफ द म्यचलाई व्यवसायी लाल बहादुर कुंवर , शिक्षक सुकेश सिंह र संस्थाका अदक्ष विवेक विक्रम सिजापतिले क्रमसःनगद पुरस्कार, ट्रॉफी ,मेडल एवम् सर्टिफिकेट प्रदान गर्नु भएको थियो  |