उम्मेद्वार नै वन्न नदिई समिति घाेषणा गरिएपछि स्वतन्त्र पत्रकार संघ अान्दाेलनकाे तयारीमा - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

उम्मेद्वार नै वन्न नदिई समिति घाेषणा गरिएपछि स्वतन्त्र पत्रकार संघ अान्दाेलनकाे तयारीमा



शिव बेल्वासे/अर्घाखाँची फाल्गुन ५ 

न्युनतम चुनावी प्रक्रिया समेत अवलम्वन नगरी एकलौटी ढंगले पत्रकार महासंघको गठन गरिएको भन्दै स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीले आन्दोलन गर्ने भएको छ ।

आफुहरु चुनाव मैदानमा रहेको भएपनि जवरजस्त चुनावी प्रक्रिया समेत बन्द गरी दलीय बाँडफाँडमा नयाँ कार्य समिति गठनको नाटक गरिएको भनदै संघले आन्दोलन गर्ने भएको हो ।

हिमाल पोष्ट सँग कुरा गर्दै  “उम्मेदवारी नै राख्न नदिइ चुनाव भएमा आफुहरु हार्ने डरले गरिएको नाटकको पर्दाफास गर्ने र आफुहरुले यो कार्यसमितिलाई नै नमान्ने स्वतन्त्र पत्रकार संघ अर्खाखाँची कि  उपाध्यक्ष अम्विका श्रेष्ठले बताइन” । अवैध बाटोबाट आएको कार्य समितिलाई मान्नु आफुहरु बाध्य नहुनेश्रेष्ठको भनाई छ । यसै विषयमा छलफल गर्नको लागि संघले भोली विहान सन्धिखर्कमा आकस्मिक बैठक समेत बोलाएको छ ।