क्वारेन्टाइन व्यवस्थापनका लागी आवश्यक सामाग्री हस्तान्तरण - Himal Post Himal Post
  • २० पुष २०८१, शनिबार
  •      Sat Jan 4 2025
Logo

क्वारेन्टाइन व्यवस्थापनका लागी आवश्यक सामाग्री हस्तान्तरण



सुखड,कैलाली । घोडाघोडी नगरपालिकालाई क्वारेन्टाइन व्यवस्थापनको लागि आवश्यक सामाग्री प्रदान गरिएको छ । कोरोना भाइरस (कोभिड -१९) को रोकथाम तथा नियन्त्रणका लागि बनाइएको क्वारेन्टाइनको व्यवस्थापनको लागि सोमबार नगरपालिकालाई आवश्यक सामाग्री हस्तान्तरण गरिएको हो ।

बाल कल्याण संघ ,सामाजिक विकासका लागि सचेत समाज (cssd),दिगो बिकास समाज र वल्डभिजनको संयुक्त साझेदारीमा १ लाख ७६ हजार रुपैयाँ बराबरको सामाग्री नगर प्रमुख ममता प्रसाद चौधरीलाई हस्तान्तरण गरिएको हो ।

कोभिड-१९ को सम्भावित खतराबाट जोगाउन क्वारेन्टाइनका लागि अाबश्यक सामाग्री हस्तान्तरण गरिएको बाल कल्याण संघका सामाजिक परिचालक मोहन बहादुर विकले जानकारी दिए । क्वारेन्टाइन व्यवस्थापनका लागि ५ पिस बाल्टिन , ४० थान त्रिपाल , २० थान ब्ल्याङ्केट, २० थान झुल र ३ रोल पि फम प्रदान गरिएको विकले बताए ।

हस्तान्तरण कार्यक्रममा प्रदेश सभा सदस्य अमर बहादुर साउद , घोडाघोडी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंह लगायतको सहभागिता रहेको थियो । बाल कल्याणकारी संघ टिकापुरले घोडाघोडी नगरपालिकालाई यसअघि पनि ८ क्विन्टल चामल , सेनेटाइजर ,साबुन लगायतका सामाग्री उपलब्ध गराएको थियो ।