कोरोना नियन्त्रणका लागि कारागारका कैदीलाई टेण्ट र साबुन - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

कोरोना नियन्त्रणका लागि कारागारका कैदीलाई टेण्ट र साबुन



कैलाली । नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा धनगढीले आज धनगढीमा रहेको कैलाली कारागारलाई कोरोना नियन्त्रण तथा रोकथामका लागि सामग्री हस्तान्तरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका मन्त्री लोकराज जोशीले उक्त अवसरमा कारागार प्रमुख महेन्द्र खड्कालाई कारागारमा रहेका कैदीहरुका लागि १ थान टेण्ट, दुई सय पिस डिटोल साबुन र २ थान टुटी सहितका बाल्टीन हस्तान्तरण गरेका थिए ।

सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्रतापपुर उपशाखाका सभापति खडक चौधरी, नेपाल रेडक्रस सोसाइटी कैलालीका गोदाम इन्चार्ज डम्बर भट्ट लगायतकाको उपस्थिति रहेको नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका कार्यक्रम अधिकृत नरेन्द्र भट्टले जानकारी दिए ।