पत्रकार महासंघ रुपन्देही जिसीको नेतृत्वमा - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

पत्रकार महासंघ रुपन्देही जिसीको नेतृत्वमा



बुटवल, ४ फागुन ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारण सभा तथा दशौं अधिवेसनबाट अध्यक्षमा यानेन्द्र जिसी निर्वाचित भएका छन् । प्रेस चौतारी, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार संगठन, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतशिल पत्रकार संघको संयुक्त प्यानल अधिकांस पदाधिकारीमा विजयी भएको छ ।

बुधवार विहान सार्वजनिक भएको निर्वाचन परिणाम अनुसार अध्यक्षका प्रत्यासी खिमानन्द भट्राईलाई पछाडी पार्दे उनी निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित जिसीले कुल १५३ मत ल्याएका छन भने अर्का प्रत्यासी भट्राईले कुल ११२ मत ल्याएका छन् । यस्तै महासंघको उपाध्यक्ष पदमा दिनेश पाण्डे निर्वाचित भएका छन् । उनले १सय ३०मत पाएका छन् भने उनका प्रत्यासी हरिष ढकालले १सय २८ मत ल्याएका छन् । समावेसी महिला उपाध्यक्षमा निरा गौतम निरु विजयी भएका छीन् । उनले १सय ४८ मत ल्याएकी छिन् भने उनकी प्रत्यासी रेखा भुषालले १सय ९ मत ल्यााएकी छिन् । कार्यसमितको सचिव पदमा राम प्रसाद अचार्य र भवानी प्रसाद पाण्डे को उमेदबारी परेकोमा मत परिणाम सार्वजनिक हुन बाँकी रहेको छ।

प्रेस युनियन नेपाल, प्रेस सोसाईटी र संघीय पत्रकार संगठनको प्यानलाई संयुक्त पाँच संगठनको प्यानलले पराजीतगरेको हो । सह सचिव खुल्ला पदमा कमल रायमझी १सय ४७ मत ल्याउदै विजयी भएका छन् उनका प्रत्यासी रमशे पोखरेलले जम्मा १सय १मत ल्याएका थिए। समावेसी सह सचिव पदमा विनोद परियार १ सय ५९मतका साथविजयी भएका छन् भने उनका प्रत्यासी सुमन रस्मी श्रेष्ठले जम्मा ९० मत प्राप्तगरेका थिए। कोषाध्यक्ष पदमा १सय ४१ मत सहित स्वस्तिक श्रेष्ठ विजयी भएका छन् भने उनका प्रतिष्पधिी सिपी खनालले १सय ८ मत ल्याएका छन् । त्यस्तै कार्यसमति सदस्यमा जनजाति कोटामा हिक्मत चौधरी १सय २६ मत सहित विजयी भएका छन् उनका प्रत्यासी सोनु थापाले कुल १ सय १६ मत ल्याएका थिए । महिला कार्यसमिति सदस्यमा १सय ४७ मत सहित मायाँ केसी विजयी भएकी छिन् । उनका प्रतिस्पधी कल्पना तिवारीले १०१मत ल्याकी थिईन् ।

कार्यसमितिसदस्य मधेसीकोटामा राधेश्यम विश्वकर्मा र विरेन्द्र मिश्राको उमेद्वारी परेको छ ।उक्त पदको मत परिणाम अझै सार्वजनिक भएको छैन । समावेसी सदस्यमा कृष्ण खनाल १४८ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी सलमान खानले १सय ७ मत प्रप्तगरेका थिए । कार्यसमिति खुल्ला सदस्यहरुमा विकास पराजुली १ सय ४२, प्रकाश आचार्य १४१, भुवन पाण्डे १४४, प्रकाश डुम्रे १५४, कपिल अधिकारी १४३, ईन्द्रा खनाल १३५, विरेन्द्र कुँवर १३५, सन्जु पौडेल १३२ मत सहित विजयी भएका छन् । यद्यपी निर्वाचन समितिले भने मतपरिणम घोषणा गर्न बाँकी रहेको छ।