बालकको अपहरण पछि हत्या, प्रहरीले गोली चलायो - Himal Post Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

बालकको अपहरण पछि हत्या, प्रहरीले गोली चलायो



काठमाडौँ – बाराका आठ वर्षीय बालक करण साहको हत्या भएको छ। उनको अपहरण गत १० गते शुक्रबार बिहान १० बजे वीरगन्जबाट भएको थियो।

उनको हत्यामा संलग्न रहेकाहरूमध्ये एक भारतीयसहित दुई जनालाई  प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिन गोली प्रहार गरिएको थियो। एक जनालाई गोली लागेको छैन । उनीहरु तीनै जना प्रहरीको नियन्त्रणमा जनाएको छन् ।

भारत विहारका विकाश शर्मा र बारा कलैयाका सिकेन्द्र साह प्रहरीको गोली लागेर घाइते भएका छन् । रामविनेश शर्मा पनि पक्राउ परेका छन् । उनी कलैयाका हुन्। प्रदेश प्रहरी कार्यालय जनकपुर, पर्सा प्रहरी र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

चार राउन्ड फायर गरेको प्रहरीले जनाएको छ। दुई जनालाई एक–एक गोली लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईले जानकारी दिए ।  मृत बालकको शव कलैया उपमहानगरपालिका–२५ मा रहेको खोलाको किनारमा भेटिएको भट्टराईले बताए ।

उनीहरूले करणको परिवारसँग सुरुमा ३० लाख फिरौती रकम मागेका थिए। दलाली गर्दा अन्त्यमा पाँच लाख दिने सहमति भएको भए पनि उनीहरूले शुक्रबार राति नै बालकको हत्या गरेको प्रारम्भिक अनुसन्धाबाट खुलेको छ ।  अपहरणकारीहरूले हत्या गर्नु अगाडि नै बच्चाको बोली रेकर्ड गरेका थिए। त्यसपछि अडियो रेकर्ड सुनाएर फिरौती मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।