पाँच नम्बर प्रदेश अक्षुण्ण राख्न अर्घाखाँचीमा संयुक्त प्रदर्शन - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

पाँच नम्बर प्रदेश अक्षुण्ण राख्न अर्घाखाँचीमा संयुक्त प्रदर्शन



घनश्याम पौडेल

अर्घाखाँची, १३ मंसिर,

लुम्बिनी अञ्चल अन्तर्गत ५ नं. प्रदेश अन्तर्गतको पहाडी जिल्ला अर्घाखाँची टुक्र्याएर अन्यत्र गाभ्ने प्रयास भईरहेको भन्दै त्यसको विरोधमा सोमवार सदरमुकाम सन्धिखर्कमा संयुक्त प्रदर्शन भएको छ ।

प्रदर्शनमा उत्रिएका नागरिकहरुले संशोधन प्रस्ताव चाहिँदैन, ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्राउन पाइदैन, हिमाल पहाड तराई कोही छैन पराई, सिमांकन प्रस्तावको विरोधमा जुटौं, पहाड र तराईलाई नछोडौं लगायतका नारा लगाउदै सन्धिखर्क बजार परिक्रमा गरेका थिए ।

विरोध र्यालीपछि आयोजित सभामा बोल्दै नेपाल तरुण दलका जिल्ला अध्यक्ष नारायण खडकाले कुनैपनि हालतमा ५ नं प्रदेश टुक्राउने कुरा आफुहरुलाई मान्य नहुने बताउदै, ५ नम्बर प्रदेश भुगोलका हिसावले पहाड र तराई मिलेर बनेको र प्राकृतिक स्रोत साधन, सस्कृति र सापिप्यतासमेत समेटिएकाले यसलाई अलग गर्नुको कुनै अर्थ नरहेको बताए । कालो व्यानरमा प्रदेश ५ टुक्रयाउन पाईदैन, प्रदेश ५ बाट पहाडी जिल्ला छुटयाउने प्रस्तावित विधेयक विरुद्ध संयुक्त विरोध पदर्शनमा पाणिनी वहुमुखी क्याम्पसका नेविसंघ, अनेरास्वव्यु, क्रान्तिकारी विद्यार्थी, अखिल छैठौ सहित युवा संघ नेपाल अर्घाखाँचीका जिलला अध्यक्ष गोविन्द आचार्य, वाईसियलका जिल्ला ईन्चार्ज ठाकुर सौराग विक, अखिल नेपाल युवक स.घका जिल्ला अध्यक्ष कविराम खनाल लगाएतले मन्तव्य राख्दै ५ नम्वर प्रदेश टुक्रयाउन नपाईने भन्दै जिल्लावाट नेतृत्व गर्ने गर्ने आफना दलका नेतालाई लडन भन्दै साथ दिन तयार रहेको बताएका थिए । वजारका मुख्य मुख्य चोकको परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको गेट अगाडी गएर कोणसभामा परिणत भएको थियो ।

तस्बिर :कमल बिष्ट