'फाइभजी'को दौड, नेपालमा कहिले ? - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

‘फाइभजी’को दौड, नेपालमा कहिले ?



काठमाडौं – नेपालका अधिकांश भूभागमा ‘थ्रीजी’ सेवा पुगे पनि सीमित ठाउँमा मात्रै ‘फोरजी’ पुगेको छ ।

‘फोरजी’ सेवा पुर्याउन नेपालमा कठिनाइ भइरहँदा यसपछिको मोबाइल प्रविधिको अनुसन्धान विकासमा भने केही देश जोडतोडले लागेका छन् ।

केही मुलुक, टेलिकम सेवा प्रदायक र यससँग सम्बन्धित उपकरण उत्पादक कम्पनीहरुले यसको विकासमा ठूलो लगानी र समय खर्चिरहेका छन् ।

सम्भवतः यही बर्ष, नभए आगामी बर्ष यी मध्ये केहीले ‘फाइभजी’ प्रविधिको व्यवसायिक प्रयोग सुरु गर्नेछन् ।

यसको सर्वसुलभताले ताररहित इन्टरनेट प्रविधिमा ठूलो फड्को मार्न सक्छ । आजको कान्तिपुर दैनिकले अर्थ वाणिज्य पृष्ठमा यो समाचार छापेको छ ।

सन् २०२० सम्ममा सर्वसुलभ बन्ने अनुमान गरिएको यो प्रविधि सुन् २०१८ र २०१९ मा केही मुलुकमा उपलब्ध हुने अनुमान छ ।