३८ किलो गाँजासहित ट्रक चालक पक्राउ - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

३८ किलो गाँजासहित ट्रक चालक पक्राउ



धादिङ– गाँजा तस्करीमा संलग्न ट्रक चालक ३८ किलो गाँजासहित पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय गजुरीले बिहीबार बिहान गजुरी बजारबाट ट्रक चालक हृदयनन्द प्रसाद महतोलाई पक्राउ गरेको हो।

ना २ ख ७३११ नम्बरको ट्रकका चालक महतोले क्याबिनमा लुकाई गाँजा तस्करी गर्न लागेको इप्रका गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताए। राजमार्गमा नियमित चेकिङका क्रममा महतो पक्राउ परेका हुन्।

धादिङका दुर्गम गाउँहरुमा व्यावसायिक रुपमा गाँजा खेती गरी त्यसबाट चरेस बनाएर विश्वका विभिन्न देशसम्म तस्करी हुने गरेको छ। गाँजा खेती र तस्करी रोक्न प्रहरीले सक्रियता बढाएको छ।