"३ फुर्के डोरी” सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

“३ फुर्के डोरी” सार्वजनिक (भिडियो सहित)



समीर प्रकाश पाण्डे

लोक सङ्गीतको बजारमा केही समय यता केही फरक खालका गीतहरू सार्वजनिक भइरहेका छन् यसै बिचमा लोक तथा दोहोरी गायक रामचन्द्र चन्द र समीक्षा बि सीको ३ फुर्के डोरी सार्वजनिक भएको छ ।

गीतमा गायक तथा निर्देशक हुम गैरेको शब्द सङ्गीत भरेका छन् । प्रीज्म डिजिटल रेकर्डिङ स्टुडियो बबरमहलमा रेकर्ड गरिएको उक्त गीतको भिडियोमा चर्चित मोडल तथा निर्देशक शङ्कर बि सी र नायिका तथा मोडल अनु साह को उत्कृष्ट अभिनय रहेको छ ।

शङ्कर बि सी स्वयम् ले निर्देशन गरेको ३ फुर्के डोरीलाई राजेश घिमिरेले आफ्नो क्यामेरामा कैद गरेका हुन भने नवीन घर्ती मगरले सम्पादन गरेका छन् ।गीतलाई शैली कृयसन प्रा लिको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।