२२ किलो चरेस सहित एक जना पक्राउ - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

२२ किलो चरेस सहित एक जना पक्राउ



बझाङ ।। बझाङ प्रहरीले झण्डै २२ किलो लागुऔषध चरेससहित एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरकिो टोलीले दुर्गाथली गाउँपालिका–६ बस्ने ३० वर्षीय कलक जाग्रीलाई २१ किलो ८०० ग्राम लागुऔषध चरेससहित पक्राउ गरेको हो ।

जाग्रीलाई गोप्य सूचनाका आधारमा मंगलबार साँझ बगाडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बझाङकाअनुसार पक्राउ परेका जाग्री भरियामात्र हुन् । मुख्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बझाङबाट गत भदौ २५ गतेदेखि हालसम्म ८० किलो ४०० ग्राम चरेस बरामद गरिसकेको छ । सात नम्बर प्रदेशको पहाडी जिल्लामा लुकीछिपी उत्पादन हुने चरेस तराईका जिल्ला र छिमेकी भारतसम्म ओसारपसार हुने गरेको छ ।