देश र जनताका लागि १३६ दिन अनसन - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

देश र जनताका लागि १३६ दिन अनसन



 

काठमाडौं, २७ साउन

माग एउटै– ‘गुणस्तरीय चिकित्सा शिक्षा र सेवा आम नेपालीको पहुँचमा पुगोस्।’ तर त्यत्तिका लागि प्रा.डा. गोविन्द केसी ११ पटक गरी एक सय ३६ दिन आमरण अनसन बसिसकेका छन्।

२०६९ असार २१ गते बाबुराम भट्टराईनेतृत्वको सरकारका पालामा सुरु भएको उनको अनशन खिलराज रेग्मी, सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल हुँदै शेरबहादुर देउवासम्म आइपुगेको छ।

प्रमुख तीन दलदेखि न्यायालयका प्रमुखका हरेक सरकारका पालामा सम्झौता भए तर चाँडै उल्लंघन पनि गरिए।

पछिल्लो ११औं अनशन शुक्रबार १९ दिन पुगेको छ। माग पूरा हुने वातावरण अझै बनेको छैन। अनशनका श्रृंखलासँगै यसका दिनहरूसमेत बढ्दै गएका छन्।

बुद्धिजीवीहरूले सरकार ‘थेत्तरो’ हुँदै गएको र त्यसको परिणामस्वरूप केसीको जीवन जोखिममा पुगेको बताउँछन्।

अघिल्लो पटकको सत्याग्रहमा उनी २२ दिन अनशन बसेका थिए। खबर आजको कान्तिपुर दैनिकमा छ ।