राष्ट्रिय परीक्षा बोर्डले भन्यो: कक्षा १२ को परीक्षा स्थगित भयो - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

राष्ट्रिय परीक्षा बोर्डले भन्यो: कक्षा १२ को परीक्षा स्थगित भयो



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरिएको छ । कोभिड १९ का कारण परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए ।

शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

कोरोना संक्रमण फैलिँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै तहका परीक्षा स्थगित गर्न सिफरिस गरेको थियो। कक्षा १२ को परीक्षा साउन ३२ गतेदेखि सञ्चालन गर्ने मिति तय भएको छ।

बोर्डको बैठकले एसईईको परीक्षाको नतिजा पनि सार्वजनिक गर्ने निर्णय गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो ।

आफ्नो सिम्बोल नम्बर लेखेर ५ रुपैयाँ शुल्कसहित १६०० मा म्यासेज गरी नतिजा प्राप्त गर्न सकिन्छ । यस्तै नेपाल टेलिकम र एनसेलको वेवसाइटमा गइ आफ्नो नतिजा निःशुल्क हेर्न सकिन्छ ।