ग्रेडिङ प्रणाली अनुसार कक्षा ११ को नतिजा सार्वजनिक - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

ग्रेडिङ प्रणाली अनुसार कक्षा ११ को नतिजा सार्वजनिक



बुटवल । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक ग्रेडिङ प्रणालीअनुसार सबै समूहको नतिजा सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार ३ लाख ४७ हजार ७ सय ४८ जनाले परीक्षा दिएका थिए । यसमध्ये ७४ जनाको नतिजा रद्द गरिएको उनले बताए । बोर्डले एसइइकै जस्तै नौ समूहमा विभाजन गरेर नतिजा सार्वजनिक गरेको छ ।

बिषयगत ग्रेड मात्रै गरिएको बतासले बताए । एसइइमा जस्तो बिषयत जीपी र एकमुष्ट जीपीए निकालेको छैन । विद्यार्थीले आफ्नो सिम्बोल नम्बरबाट आफ्नो कुन बिषयमा कुन ग्रेड आयो रु भन्ने मात्रै थाहा पाउने छन् ।

९० देखि एक सयसम्म ल्याउनेको बिषय ग्रे ए प्लस हुन्छ । त्यस्तै ८० देखि ८९ सम्म ल्याउनेको ए, ७० देखि ७९ अंक ल्याउनेको बी प्लस, ६० देखि ६९ सम्मको बी, ५० देखि ५९ अंक ल्याउनेको सी प्लस, ४० देखि ४९ सम्म अंक ल्याउनेको सी, ३० देखि ३९ सम्मको डी प्लस, २० देखि २९अंक ल्याउनेको डी र ० देखि १९ अंक आउने विषयको ग्रेड इ लेखिएको हुन्छ ।

बतासका अनुसार डी प्सल वा त्यो भन्दा मुनी कुनै एक बिषय हुने विद्यार्थीले माघ २७ गते ग्रेड बृछि परीक्षा दिन पाउने छन् ।
परीक्षाको नतिजा http://neb.ntc.net.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।