३८ जिल्लालाई खुला दिसामुक्त जिल्लाका रुपमा घोषणा - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

३८ जिल्लालाई खुला दिसामुक्त जिल्लाका रुपमा घोषणा



काठमाडौँ, पुस २२ गते । खानेपानी तथा सरसफाइ मन्त्रालयले हालै ३८ जिल्लालाई खुला दिसामुक्त जिल्लाका रुपमा घोषणा गरेको छ । मन्त्रालयले सन् २०१७ को अन्त्यसम्म हरेक घरमा चर्पी बनाउने उद्देश्यका साथ काम गरेपनि हाल ३८ जिल्लामात्र खुला दिसामुक्त जिल्ला घोषणा गरेको हो ।

मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले दिसापिसाबले गर्दा जथाभावी फोहर हुने र अनेक प्रकारका रोग लाग्ने भएको हुँदा मन्त्रालय चाँडो खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने काममा जुटेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अरु पाँच जिल्ला पनि छिट्टै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने क्रममा छौँ ।” सचिव उपाध्यायले हाल ८८ प्रतिशत जनताको घरमा चर्पी रहेको भन्दै तोकिएकै समयमा देशभर नै चर्पी बनाएर खुला दिसामुक्त देश बनाउने बताउनुभयो । रासस