३१ र ३२ गते बिप्लब क्रान्तिकारीले शैक्षिक हड्ताल गर्ने - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

३१ र ३२ गते बिप्लब क्रान्तिकारीले शैक्षिक हड्ताल गर्ने



काठमाडाैं, २८ । biplab krantikariबिप्लब माअाेवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले विभिन्न माग  राख्दै साउन ३१ र ३२ गते अाम शैक्षिक हड्ताल घाेषणा गरेकाे छ ।

उसले शिक्षण सँस्थामा बढाइएकाे शुल्क खारेजी, २० प्रतिशत छात्रबृत्ति शुनिश्चित गराउन, सिबिएसर्इकाे पाठ्यक्रम र सम्बन्धन खारेज, पूँजी र विद्यार्थी बिदेश पलायन राेक्न, विद्यार्थीलार्इ यातायात, स्वास्थ्य र मनाेरञ्जनमा ५० प्रतिशत छुटकाे ब्यवस्था गराउन, शिक्षााक्षेत्रमा देखिएकाे बिभिन्न बिकृतीकाे अन्त्य गराउन र बिभिन्न समयमा सरकार समक्ष पेश गरेकाे १७ बुँदे माग पुरा गराउन शैक्षिक हड्ताल गरेकाे जनाएकाे छ ।

पछिल्लाे समय बिप्लब माअाेवादी निकट क्रान्तिकारीले बिभिन्न माग राख्दै अान्दाेलन गरिरहेकाे छ ।