सीता दाहालविरुद्ध फेसबुकमा नानाभाँती लेख्नेलाई मुद्दा हाल्छु - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

सीता दाहालविरुद्ध फेसबुकमा नानाभाँती लेख्नेलाई मुद्दा हाल्छु



-कविता ढुंगाना

देशका प्रधानमन्त्री अहिले छिमेकी देश भारत को भ्रमणमा छन् र त्यो भ्रमण दलको सदस्यमा प्रधानमन्त्री पत्नि सीता दाहाल पनि हुनुहुन्छ । प्रचण्ड भारत भ्रमण गर्नुभन्दा अगाडिदेखि अझ भनौ प्रचण्डलाई भारत भ्रमण गर्ने निम्तो मोदीबाटै आएका दिनदेखि विभिन्न पत्रपत्रिका, ,अनलाइन ,सामाजिक संजालमा विभिन्न थरिका चर्चा परिचर्चा हुन थाले । चर्चा परिचर्चा हुनु पनि स्वाभाविक नै छन् छिमेकी देशका रास्ट्रप्रमुख वा प्रधानमन्त्री १० औं वर्षपछि भ्रमणमा आउँछन्, तर हाम्रा त ९ महिना पिच्छे कहिले को कहिले को प्रधानमन्त्री बनेर छिमेकी रास्ट्रसँग प्रगाढ सम्बन्ध बनाउने भन्दै होस् वा देशको हितमा भनेर जाने गर्छन ् । यो आफैमा एउटा चर्चा परिचर्चा को विषय हो जस्तो लाग्छ । हुनत यो भन्दा अगाडि धेरै प्रधानमन्त्री छिमेकी देश भ्रमण गए न जानुभन्दा अगाडि सार्बभौम देशका नागरिकबीच एजेण्डमा छलफल गरे नत कुनै बहस अन्तक्रिर्या नै र आएपछि पनि भ्रमण के भयो भ्रमणमा कस्ता विष्याले महत्व पाए, त्यो केही नहुँदा अहिलेका प्रधानमन्त्रीले भारत भ्रमण गर्नु अगाडिदेखि जनतादेखि देशका ठूला भन्नेहरु सम्म भ्रमणको आवश्यकता,महत्त्व को विषयमा ठूलै समय खर्च गरे । त्यसैले पनि यो चर्चाको विषय भएको हो ।

सायद प्रचण्डले विगतकाका काम कारबाहीबाट पाठ सिकेर त्यसो गरे कित आफू ले नयाँ नजिर बसाल्न यसो गरे त्यो पछिका दिनमा थाहा नै हुनेछन् । प्रचण्डले भारत भ्रमण जाने क्रममा धेरैसँग राय लिने काम जसरी गर्नु भएको थियो ठीक त्यसैगरी भारत भ्रमणका क्रममा गरिने सम्पूर्ण सन्धि÷सम्झौता सार्वभौम नागरिकको बीचमा तुरुन्त जानुपर्छ र छलफल चलाइनु पर्दछ । त्यसो भयो भने प्रचण्डको भारत भ्रमण साँच्चिकै छिमेकीसँग सम्बन्ध प्रगाढ बनाउने, देशको हितमा राखेर चोखो मनका साथ थियो भनेर भन्न सकिन्छ । यी त भए प्रचण्डको छिमेकी देश भारत भ्रमणको कुरा । मैले गर्न खोजेको कुरा प्रचण्ड को भ्रमण भन्दा पनि भ्रमण दलका अर्का सदस्य सीता दाहाल को हो । सीता दाहाल प्रचन्ड पत्नी हुन् । प्रचण्डसँग त राम्रोसँग चिनजान छ, तर सीता दाहालसँग अहिलेसम्म नजिकबाट बोलेको त के भेटेको पनि छैन । उहाँका स्वाभाव, बोलीचाली के कस्ता छन् थाहा छैन, उहाँबारे बेलाबेला आउने नकारात्मक समाचारबारे भने जानकार छु ।

prachanda n modi
। मेरो बुझाइमा सीता कस्ती हुन् थाहा नभए पनि मुलुकमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व ल्याउन नेतृत्व गरेको नेतृत्वको जीवनसाथी हो । मात्र जीवन साथी होइन, कि त्यो आन्दोलनमा महत्वपूर्ण योगदान गरेको व्यक्ति हो । उहाँको यो नै सबै भन्दा ठूलो परिचय हो जस्तो लाग्छ । गणतन्त्र, संघीयता,धर्मनिरपेक्षता, समावेशी समानुपातिक जस्ता एजेण्डा यिनै सीता दाहालजस्ता गाउँका धेरै सीताहरुको त्याग, समर्पण, बलिदानबाट आएको हो ।

सामाजिक सन्जाल मा सीता दाहाललाई अनपढ ,गँवार भन्ने हरुले भन्नुस यस्ता सीता दाहाल जस्ता व्क्ति ले गणतन्त्र, संघीयता,धर्मनिरपेक्षता,समावशेी समानुपातिकका लागि लड्दै गर्दा तिमीहरू आफू कहाँ हुनुहुन्थ्यो ? यी उपलब्धिहरु प्राप्त गर्दै गर्दा कहाँ यो अनपढ, गँवारहरुले ल्याएको हो ठीक छैन भन्नू भयो ? सीता दाहाललाई अनपढ,गँवार भन्दै गर्दा कम्तीमा यति त सोच्दिनुस कि तिनै सीता दाहालहरुले लडेर ल्याएको गणतन्त्रले गर्दा अहिले तपाईंहरु सीता दाहालकै विरोधमा यति धेरै बोल्ने स्वतन्त्रता प्राप्त गर्नु भएको छ ।

माओवादीले भने जस्तो सर्टिफिकेट दिने हो भने उहाँ अनपढ,गँवार होइन डाक्टर सीता दाहाल हो । त्यही सीता दाहाल चाहिं अनपढ, गँवार, नराम्रो , असभ्य लाग्ने अनि तिनै सीता दाहालहरुले लडेर ल्याइदिएको गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,चाहिं सारै चकाचक, राम्रो लाग्ने भन्ने पनि हुन्छ ? समस्या सीता दाहालमा होइन तपाईं हाम्रो चिन्तनमा हो । यसो भन्दै गर्दा सीता दाहाल दूधले नुहाएको, समस्या नै नभयको भन्ने पनि होइन ।

उहाँमा पनि पक्कै समस्या छन् होला । सीता दाहालले आफूलार्इ सामान्य नारी भनेर उहाँका यस्ता विषयमा नजर अन्दाज गर्न मिल्दैन । कि त उहाँ यस्ता देश, जनताका विषयमा जोडिनु नै भएन । होइन भने यस्ता कुरामा सीता दाहाले विशेष सावधानी अपनाउनै पर्दछ । अहिले त सबै नेपाली महिलाले स्कुल कलेजको मुख देख्न पाउँदैनन भने यी सीता दाहाल त अशिक्षित, आधुनिक संस्कार र सभ्यता सिक्न नपाएका वा नजानेका लाखौं नेपाली महिलाहरुका प्रतिनिधि पात्र हुन ।

सामाजिक सन्जालमा सीता दाहालप्रतिका धेरै तिक्ततापूर्ण त केही नरम खालका प्रतिक्रिया आए र कहिलेसम्म आइरहने हो थाहा छैन । सीता दाहाल एउटा स्वतन्त्र व्यक्ति पनि हुन । उनले आफ्नो शरीर कहाँ राख्ने भन्ने कुरा निर्धारण गर्ने उनी आफैं हो न कि अरु । सीता दाहालविरुद्ध सामाजिक संजालबाट झुन किसिमका असभ्य शब्द प्रयोग गरिए त्यो महिला हिंसाअन्तर्गत पर्छ कि पर्दैन ?

ती असभ्य शब्द प्रयोग गर्नेविरुद्द सीता दाहालले मान हानी को मुद्दा चलाउन सक्छिन कि सक्दिनन ? म आफू अधिवक्ता हुँ सामाजिक संजालमा कोहीविरुद्ध असभ्य शब्द प्रयोग गर्ने, चरित्र हत्या गर्नेविरुद्ध मुद्दा चलाउन पाइन्छ । हिजोसम्म प्रचण्ड देश बेच्न भारत गए भन्नेहरु प्रचण्डबाट तेस्तो कुनै काम नहुने भयपिछि कसरी विरोध गर्ने भनेर सीता दाहालमाथि उहाँको पोटोलाई लिएर गरिएको एउटा नियोजित विरोध हो । मुलुक बनाउनेहो भने विरोध का लागि मात्र गरिने विरोधको अन्त्य गरौ ।

रचनात्मक, सृजनात्मक भएर सोच्ने गरौं । भ्रमणमा उनीहरुले लगाएका पहिरन, उनीहरुको शिष्टाचार, बोली आदि लगायतका कुरामा आफ्नो दिमाग प्रयोग गर्नुभन्दा कुन उद्देश्य ले गएका हुन्, उद्देश्य मुताविक भ्रमण भयो कि भएन । त्यतातिर बहस लैजान सकियो भने हामी शिक्षित, सभ्य हौ भन्न सकिएला । प्रचण्डको भारत भ्रमण दुई देशीबीचको सम्बन्ध प्रगाढ बनाउन, देशाको हितमा रहेर के के सन्धि, सम्झौता भए त्यो विषयमा जनतामा सुसुचित गरौं । न कि उनीहरुले खाएका, हिंडेका ,बसेका, फोटो खिचेका कुरामा हुन । न प्रचण्ड मोदीको अगाडि ,पछाडि बसेर फोटो खिच्दा हाम्रो राष्ट्रियता कमजोर हुन्छ न सीता दाहालले दायाँबायाँ बसेर फोटो खिच्दा राष्ट्रियता कमजोर हुन्छ । नियत सफा भएपछि न राष्ट्रियता कमजोर पर्छ न त स्वाभिमान नै कमजोर पर्छ । त्यैसैले सीता दाहाल मोदीको छेउतिर उभिँदैमा राष्ट्रियता कमजोर हुँदैन ।

(ढुंगाना माओवादी सम्वद्ध अखिल क्रान्तिकारीकी नेतृ तथा अधिवक्ता हुन्)

source:kathmandutodey