सिगात्से-लुम्बिनी रेलमार्गबारे छलफल - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

सिगात्से-लुम्बिनी रेलमार्गबारे छलफल



 

साउन ३२, काठमाडौँ ।

प्रधानमन्त्री सेरबहादुर देउवा र चिनियाँ उपराष्ट्रपति वाङ याङ बिच भेटवार्ता भएको छ । भेटमा दुई देशको सम्बन्ध र द्विपक्षीय हितका विषयमा कुराकानी भएको छ ।

भेटमा सिगात्सेबाट काठमाडौँ, पोखरा हुँदै लुम्बनी जोड्ने रेलमार्ग निर्माणबारे पनि काराकानी भएको देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले भूकम्पले क्षतिग्रस्त भएको अरनिको राजमार्ग पुनर्निर्माण छिटोे गर्नु पर्नेमा जोड दिँदै बाहिरी चक्रपथ निर्माणका साथै बढ्दो व्यापार घाटा कम गर्नेबारे पनि कुराकानी भएको छ ।

प्रधानमन्त्री देउवासँगको भेटमा चिनियाँ उपप्रधानमन्त्री वाङले चीनले अघि सारेको वेल्ट एण्ड रोड इनिसेटिभ -बीआरआईबारे चासो व्यक्त गरेका थिए ।

नेपालले प्रचण्ड सरकारकै पालामा बीआरआईमा हस्ताक्षर गर्ने निर्णय गरिसकेको छ ।

यसका साथै क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माणमा जोड दिएका छन् ।