साउथ अस्ट्रेलियामा ईन्द्र जात्रा मनाईदै - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

साउथ अस्ट्रेलियामा ईन्द्र जात्रा मनाईदै



वर्षाका देवता देवराज इन्द्रको पूजाआराधना गरी मनाइने इन्द्रजात्रा पर्व परम्परागत रुपले साउथ अस्ट्रेलियामा मनाइँदैछ। नेवा: संस्कृति संरक्षण र संवर्धन गर्ने उद्देश्यका साथ सन् २०१५ मा स्थापना भएको गुठि साउथ अस्ट्रेलियाले यहि सेप्टेम्बर ३० तारिकको दिन दिउसो १२:३० बजे देखि बेलुका ५ बजे सम्म एडवार्सटाउन म्यासोनीक हलमा दोश्रो पल्ट ईन्द्र जात्रा कार्यक्रम आयोजना गर्न लागेको प्रेस सम्मेलन मार्फत जानकारी दिईएको थियो । नि: शुल्क प्रवेश रहेको यस कार्यक्रममा कुमारी जात्रा , लाखे , पुल्किसी ,धिमे बाजा , समयबजी , नेवारी नृत्यहरु सहित विभन्न कार्यक्रमहरु समाबेश गरिएको छ।

कार्यक्रमको उद्देश्यको बारेमा प्रेस बिज्ञप्तिमा भनिएको छ ” नेपालमा अनोमल प्राचिन सम्पतिको रुपमा सांस्कृतिक सम्पदाहरु छन् त्यसलाई अब विश्वलाई हामीले चिनाउदै लैजानु पर्छ। नेपाल आफैमा बहुसांस्कृतिक देश हो , विश्वका अहिले धेरै बिकसित राष्ट्रहरु अस्तित्वमा नै नभएको बेला काठमाडौँमा समाजसंगै संस्कृतिक सभ्यतामा पनि अगाडी थियो तर आज हामी ति हाम्रा सम्पतिहरुको प्रचार प्रसार गर्न सकेका छैनौ , हाम्रो संस्कृति रितिरिवाजलाई साउथ अस्ट्रेलियाबासिहरु बिच चिनाउने एउटा प्रयास हुनेछ इन्द्र जात्र कार्यक्रम ।” यस प्रकारका कार्यक्रमहरुले नेपाल भित्रका रितिरिवाजहरुको संवर्धन गर्दै नेपालको पर्यटन विकासमा टेवा पुग्नुका साथै विदेशमा हुर्किदै गरेको दोश्रो पुस्ताले समेत आफ्नो सांस्कृतिको बारेमा सिक्ने मौका पाउने गुठी साउथ अस्ट्रेलियाका अध्यक्ष मंगलमान बज्राचार्यले बताए । “कार्यक्रममा उपस्थित हुनको लागि गुठी साउथ अस्ट्रेलियाले सम्पूर्ण एडीलेड बासीहरुलाई अनुरोध गरेको छ ।