संविधान संशोधन र पुनर्लेखनले वर्गीय र मधेसीको हित हुदैन :बैद्य - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

संविधान संशोधन र पुनर्लेखनले वर्गीय र मधेसीको हित हुदैन :बैद्य



५ भदौ, जनकपुरधाम । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानमा आमूल परिवर्तनको खाँचो औँल्याएका छन् । जनकपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधन र पुनर्लेखनले वर्गीय र मधेसीको हित हुन नसक्ने धारणा राखे ।

मधेसवादी दलमा मधेसको हितभन्दा पनि संसद्को मोहका कारण आन्दोलनलाई गन्तव्यमा पुर्याउन नसकेको भन्दै उनले दलहरूले दिने गरेको धोकाबाट सजग रहनु जरुरी छ भने ।

एक प्रश्नको जवाफमा उनले आफ्नो सहयात्री प्रचण्डसँग पुनः सहयात्राको सम्भावना नरहेको बताए ।

जनताको हितको दृष्टिले वर्तमान सरकारको सफलताको कसी प्रष्ट छैन भन्दै उनले सरकारको सफलताको कुनै आधार नभएको बताए ।

अध्यक्ष वैद्यले आफ्नो दल देशमा नयाँ आन्दोलनको तयारीमा लागिपरेको पनि जानकारी दिए । रासस