विभिन्न स्थानमा भएका आपराधिक हिंसात्मक घटनाका दोषीलाई उन्मुक्ति नदिन सरकारलाई एमालेको सचेत - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

विभिन्न स्थानमा भएका आपराधिक हिंसात्मक घटनाका दोषीलाई उन्मुक्ति नदिन सरकारलाई एमालेको सचेत



८ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले दण्डहीनतालाई प्रश्रय नदिन सरकारलाई सचेत गराएको छ ।

एमालेको जारी केन्द्रीय कमिटी बैठकले शुक्रबार बिशेष प्रस्ताव पारित गर्दै कैलालीको टीकापुरलगायत विभिन्न स्थानमा भएका आपराधिक हिंसात्मक घटनाका दोषीलाई उन्मुक्ति नदिन सरकारलाई सचेत गराएको आजको राजधानी दैनिकमा जीवनाथ शिवाकोटीले लेखेका छन् ।

लोकतान्त्रिक परिपाटी र कानुनी शासनमा आघात पुग्ने त्यस्ता घटनाको सन्दर्भमा गरिएको छानविन प्रतिवेदनमा प्रवेश नै नगरी दोषीलाई उन्मुक्ति दिँदा देशमा शान्ति सुरक्षा कायम राख्नुपर्ने निकायको मनोबल घटाउने र समाजमा संशय सिर्जना गर्ने एमालेको ठहर छ ।

‘गत वर्ष कैलाली जिल्लाको टीकापुरलगायत विभिन्न स्थानमा भएका आपराधिक हिंसात्मक घटना र ती घटनाबाट भएको जन धनको क्षतिबाट समग्र नेपाली समाज आहत भएको घटना ताजै छ ।