विप्लवका कार्यकर्ताले नवलपरासी मालपोत कार्यालय प्रमुखलाई कालोमोसो दले - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

विप्लवका कार्यकर्ताले नवलपरासी मालपोत कार्यालय प्रमुखलाई कालोमोसो दले



नवलपरासी, भदौ २९ – नवलपरासी मालपोत कार्यालयका प्रमुख खगेन्द्रराज घमिरेलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालोमोसो दलेका छन् । बिहीबार दिउँसो पौने ३ बजेको समयमा घिमिरेको कार्यकक्षमा प्रवेश गरेर उनीहरुले कालोमोसो दलेका हुुन ।

तीनजनाको समूहमा आएका व्यक्तिले घिमिरेको कार्यकक्षको ढोका लगाएर कालोमोसो दलेर भागेको प्रत्यक्षदर्शीले बताए । कालोमोसो दलेपछि मालपोत कार्यालय परिसरमा पर्चा फ्ँयाकेर कालोमोसो दल्ने व्यक्ति भागेको जनाइएको छ ।

जिल्ला जनपरिषद् (जनसत्ता) नवलपरासीको नाममा फालिएको पर्चामा सुकुम्बासी आयोगले दिएको जग्गाको किर्ते प्रमाण खडा गरी किर्ते श्रेष्ता कायम गरेको र यस बापत लाखौं रुपैयाँ ठगी गरेकाले कालोमोसो दलिएको उल्लेख गरिएको छ ।

तीस लाखभन्दा बढी थैली र अंक घटाई लाग्ने पूँजीगत लाभकर नलाग्ने बनाई सो वापत लाखौ रुपैयाँ रजिष्ट्रेशन फाँटबाट बेच्ने र व्यक्तिबाट रकम असुल्ने गरेको लगायत उल्लेख गरिएको छ ।