विचार मिल्ने राजनीतिक समूहसँग मिलेर मोर्चा गठन गर्छौं:वैध - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

विचार मिल्ने राजनीतिक समूहसँग मिलेर मोर्चा गठन गर्छौं:वैध



इटहरी, २ भदौ– नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले सम्पूर्ण नेपालीको मुक्तिका लागि आमूल परिवर्तन जरुरी रहेको र त्यसका लागि विचार मिल्ने राजनीतिक समूहसँग मिलेर मोर्चा गठन गरिने बताएका छन्।

राष्ट्रियता, जनजीविका र जनताको न्यायिक स्वतन्त्रताको पक्षमा जनमत तयार गर्नका लागि पनि मोर्चा आवश्यक रहेको अध्यक्ष वैद्यले आज आयोजित पत्रकार सम्मेलनमा उल्लेख गरे।

पुरानो राज्यसत्तामा तात्विक फरक नआएको र सत्तामा पुग्नेहरु विभिन्न नाममा पुरानै अनुहार दोहोरिरहने भएकाले त्यसलाई आमूल फेरबदल गर्नका लागि पनि सशक्त शान्तिपूर्ण आन्दोलन जरुरी रहेकाले त्यसको मोर्चाबन्दीको अगुवाइ गर्न सिपी गजुरेलको अध्यक्षतामा मोर्चाको घोषणा गरिएको पनि उनले जानकारी दिए।

सो अवसरमा मोर्चाका अध्यक्ष सिपी गजुरेलले माओवादी केन्द्रका नेताहरुको गम्भीर भुलकै कारणले हामीले उनीहरुबाट छुट्टै बस्नुपर्ने बाध्यात्मक अवस्था आएको र सोही कारणले अर्को आमूल परिवर्तनका लागि आन्दोलन जरुरी रहेको महसुस गरिएको बताए।