‘राउडी राठौर’ को दोस्रो पार्ट बन्ने - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

‘राउडी राठौर’ को दोस्रो पार्ट बन्ने



एजेन्सी । अक्षय कुमार र सोनाक्षी सिन्हाको जबरदस्त एक्सन, कमेडी, रोमान्टिक जनराको फिल्म ‘राउडी राठौर’ को दोस्रो पार्ट बन्ने भएको छ । यसै फिल्मको सिक्वेललाई लिएर अक्षयले पटक–पटक इच्छा व्यक्त गरेका थिए । भारतीय मिडियाका अनुसार सन् २०१२ मा रिलिजमा आएको फिल्मको सिक्वेलका लागि केही समयदेखि निर्माण टिम स्क्रिप्टमा वर्कआउट गरिरहेको छ ।

पहिलो फिल्मलाई प्रभुदेवाले निर्देशन गरेका थिए । सिक्वेल पनि प्रभुदेवाले नै निर्देशन गर्नसक्ने सम्भावना रहेको बताइएको छ । यद्यपि, यस विषयमा निर्माण टिमले कुनै औपचारिक जानकारी दिएको छैन । फिल्ममा अक्षय कुमार नै लिड रोलमा हुनेछन् ।

तर, सोनाक्षीको ठाउँ भने अन्य अभिनेत्रीलाई नै लिनसक्ने बताइएको छ । यो फिल्मलाई अर्को वर्ष छायांकन गरिने बताइएको छ । ‘राउडी राठोर’ मा अक्षयको दोहोरो भूमिका थियो । जसमा एक भूमिका पुलिस अफिसर र अर्को ठगको थियो । सिक्वेलमा पनि अक्षयले दोहोरो भूमिका निभाउन सक्ने सम्भावना छ ।