रंगकर्मी सुनिल पोखरेलको स्वास्थ्य अवस्था सामान्य - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

रंगकर्मी सुनिल पोखरेलको स्वास्थ्य अवस्था सामान्य



काठमाडौं, २६ साउन

गएराती अचानक बिरामी भएका वरिष्ठ रंगकर्मी सुनिल पोखरेलको अवस्था सामान्य रहेको छ । मंगलवार राती १ बजे नर्भिक अस्पताल पुर्याईका पोख्रेलको अवस्था अहिले सामान्य रहेको उनका भाई गायक सुगम पोख्रेलले बताएका छन् ।

मंगलवार राती गम्भीर अवस्था भएपछि नर्भिक पुर्याईएका पोख्रेललाई आइसियूमा भर्ना गरेर अब्जरभेसनमा राखिएको थियो । श्रीमती एवम् अभिनेत्री निशा शर्माका अनुसार उनलाई सिजर एट्याक भएको हो। पोख्रेल अहिले सामान्य अवस्थामा छन् स्क्यानमा त्यस्तो गम्भिर समस्या केही देखिएको छैन् ।

अचानक अस्वस्थ भएका पोख्रेललाई हर्ट एट्याकको आशंका गरिएको थियो।