मरे मुक्ति, बाँचे मधेस - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

मरे मुक्ति, बाँचे मधेस



काठमाडौं-

सर्लाहीको मलंगवास्थित राजपा कार्यालयको भित्तामा ठूला अक्षरमा महन्थ ठाकुरको एउटा उक्ति लेखिएको छ, ‘मरे तो मुक्ति, जिये तो मधेस ।’ त्यो भित्तो ठाकुरकै घरको हो । र, यो घर पहिला कांग्रेसको कार्यालय थियो ।

जीवनको लामो खण्ड गुजारेको कांग्रेस छाडेर जब उनले तमलोपा बनाए, त्यसैको कार्यालय बन्यो । अहिले उनी राजपा अध्यक्ष मण्डलका संयोजक छन्, घर पनि त्यही पार्टीलाई कार्यालयस्वरूप सुम्पेका छन् ।

ठाकुर भने जति उमेर ढल्किँदै गयो, ‘मधेस मुक्ति’ को एजेन्डा बोकेर उति आक्रामक राजनीति गरिरहेका छन् । अनि, मुक्तिको गन्तव्यमा पुग्ने आश्वासनसहित महोत्तरी ३ बाट प्रतिनिधिसभाको प्रतिस्पर्धामा उत्रेका छन् ।

कर्मभूमि सर्लाहीमा पछिल्ला दुई चुनाव हारेका उनी सुरक्षित थलो खोज्दै यसपालि जन्मभूमि महोत्तरी आइपुगेका छन् ।

‘सरकार मधेसप्रति सधैं उदासीन छ । सत्ताको बागडोर जससँग छ, साधन स्रोत उसकै हातमा छ । तिनले मधेसलाई कहिल्यै हेरेनन् । राज्यले मधेसीको अनुहारमा नेपालीपन अहिलेसम्म अनुभूत गर्न सकेको छैन,’ उनले भने, ‘निजामती, न्यायलगायत तमाम सेवामा मधेसीको उपस्थिति न्यून छ ।

यो समस्याबारे गाउँ–गाउँमा सबैलाई थाहा भइसकेको छ । उनीहरू त्यसको सम्बोधन चाहन्छन् । हाम्रो उम्मेदवारी त्यसकै लागि हो ।’यो खबर आजकोकान्तिपुरमा छ ।