भारतसँग नयाँ सम्झौता हुँदैनन्ः प्रधानमन्त्री - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

भारतसँग नयाँ सम्झौता हुँदैनन्ः प्रधानमन्त्री



२३ भदौ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणमा कुनै नयाँ सम्झौता नहुने बरु विगतमा भएका सहमति समझौताको कार्यान्वयनमा नेपालको जोड दिने बताएका छन् ।

भारत भ्रमणबारे पूर्वपररष्ट्रमन्त्री र कूटनीतिकज्ञहरुसँग बुधबार सल्लाह सुझाव लिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणमा खासै नयाँ विषय नभएको बताएको आजको अन्नपूर्णमा समाचार छ ।

यसपटक नयाँ समझौता गर्नुभन्दा पुराना सम्झौता प्रभावकारी कार्यान्वयनको पक्षमा आफू रहेको उनले बताए । प्रचण्डले आफू सपिङ लिष्ट लिएर भारत जान नलागेको स्पष्ट गरे ।

भारत भ्रमणमा जाने भन्नेवित्तिकै नेपालमा तरंग आउने गरेको भन्दै उनले आफ्ने भ्रमणलाई संशयका रुपमा नलिन आग्रह गरे ।