बिमानस्थल निमार्णमा काँग्रेसको चासो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बिमानस्थल निमार्णमा काँग्रेसको चासो



असोज ८ —भैरहवामा नीर्माणाधिन अन्तराष्टिय गौतमब’द्ध बिमान स्थल निमार्णको कामलाइ छिटो गती दिन माग गर्दै नेपाली काँग्रेस रुपन्देहीले आइतबार भैरहवामा दवावम’लक प्रदर्शन गरेको छ ।

ठेक्केदारको लापरबाही आन्तरिक व्यवस्थापनको समस्या तथा सम्बन्धित निकायको वेवास्ताका कारण गत चैत देखि निकै स’स्त गतीमा निमार्ण अगाडी बढीरहेको बिमानस्थल नीमार्णको कामलाइ छिटो गती दिन माग गर्दै गरीएको प्रदर्शनमा स्थानीयले निमार्णको कामलाइ छिटो अगाडी बढाउन माग गरेका छन । बिमानस्थल निमार्णमा देखीएको समस्याबारे अन्य दलहरु मौन रहीरहेका बेला नेपाली काँग्रेस रुपन्देहीले भैरहवामा दवाव मुलक कार्यक्रम गर्दै निमार्णमा भईरहेको अन्यौलता तत्काल हटाउन माग गरेको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधीकारी हरी प्रासद मैनाली मार्फत प्रधानमन्त्री, अर्थमन्त्रा मन्त्री तथा नागरीक उड्यान मन्त्रीलाई  ज्ञापन पत्र बुझाउदै बिमानस्थल निमार्णमा राजनीतीक हस्तक्षेपक बन्द गरी देखीएका अन्य समस्याहरु तत्काल समाधान गरी काम सुचारु गर्न सरोकारवालाहरुले माग गरे । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले जग्गा अधीग्रहण देखी निमार्ण प्रक्रीर्यामा देखीएका सवै समस्याको एक मुस्ट समाधान गरीनु पर्ने बताए । अधीग्रहणमा परेका सवैलाई मुआब्जा दिन ढिलाई गर्न नहुने भन्दै उनले मुआव्जामा लगाईएको लाभ कर ब्यबहारीक नभएको दावी गरे । बाध्यकारी अवस्था स्थानीयले बिमानस्थल निमार्णकोलागी जग्गा दिएकाले उक्त जग्गाको मुआब्जा दिदा लाख कर छुट गरीनु पर्नेमा नेता खाँणले जोड दिए  ।

लाभकरको बिषयमा निती नियमहरु बाधक भएमा त्यसलाई तत्काल परीमार्जन गर्न समेत उनले सरकारलाई आग्रह गरे । त्यस्तै मुआव्जा बितरणमा ढिलाई हुदा अन्यत्र जग्गा महगीदै गएकाले पुनस्थापन हुन कठीन हुने भन्दै उनले एकमुस्ट रुपमा मुआव्जा दिनु पर्ने धारणा राखे ।

बिमानस्थलमा राजनीतीक हस्तक्षेप बन्द गरी भुक्तानी नपाएकाहरुलाई पनि भुक्तानी दिने ब्यबस्था मिलाईनु पर्ने नेता खाँणले बताए । नेपाली काँग्रेस रुपन्देहीका पुर्व सभापति रामचन्द्र ढकालले राष्ट्रिय गौरवको आयोजनालाई गौरवकै रुपमा मनन गरी सवै पक्ष जिम्मेवार ढगंले काममा लाग्नु पर्ने बताए । उनले विमानस्थल निमार्णका क्रममा जग्गा अधीग्रहण गर्दा बिस्थापीत भएका परीवारलाई एक घर एक रोजगारीको ब्यबस्था गर्न माग गरे ।

नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले बिमानस्थल निमार्णमा ब्यबस्थापकीय कमजोरी रहेको औल्याउदै नयाँ ब्यबस्थापन गरेर भएपनि काम छिटो गर्नु पर्ने बताए । प्रमुख जिल्ला अधीकारीलाई ज्ञापन पत्र बुझाउनु पुर्व पार्टी कार्यालय, बैकंरोड, मिलनचोक हुदै स्थानीय तथा सरोकारवालाहरुले दवावम’लक  र्याली निकालेका थिए । याली जिल्ला प्रसासन कार्यालयमा पुगेर कोणा सभामा परीणत भएको थियो ।