बालबालिकालाई विद्यार्थी मञ्चको सहयोग - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

बालबालिकालाई विद्यार्थी मञ्चको सहयोग



बुटवल, २८ । बालबालिका सहयोग सप्ताह–२०७३ अन्तर्गत आज विद्यार्थी अधिकार मञ्च, रुपन्देहीले तिलोत्तमा नगरपालिका–२०, कोटिहवा, रुपन्देहीको अविनाश अनाथ आश्रममा एक कार्यक्रम गरी विविध सामग्री वितरण गरेको छ ।

साता व्यापी कार्यक्रमको छैठौं दिन वि.सं. २०६२ सालमा स्थापित भएको उक्त आश्रममा क्यारेम बोर्ड सेट, नुहाउने÷लुगा धुने साबुन, २० थान टावेल, चेस बोर्ड, ब्याड मिन्टन, ह्यान्ड वाश, टुथ ब्रश, टुथ पेस्ट, ५० केजी चामल, दाल १५ केजी, आलु, प्याज, खाने तेल लगायतका खेलकुद सामग्रीहरु, खाद्यान्न एवं सरसफाईका सामानहरु प्रदान गरिएकाले त्यस आश्रममा संरक्षित १८ जना विभिन्न उमेर समूहका बालबालिकाहरु लाभान्वित भएका छन् ।

संस्थाका सचिव सुवास लामिछाने, सदस्य दीक्षा खरेल, नितेश खरेल, अनिल अर्याल तथा बिशाल गरी ५ जनाको टोली सहित संस्थाका अध्यक्ष राजु वि.के. ले आश्रमका सञ्चालक÷अध्यक्ष कृष्ण प्रसाद ज्ञवाली लाई सामानहरु हस्तान्तरण गरेका थिए ।
साता व्यापी कार्यक्रमको अन्तिम दिन भाद्र २९ गते बाल दिवसको अवसर पारेर ‘‘बाल दिवस तथा सम्मान कार्यक्रम’’ गरी बालबालिका सहयोग सप्ताह–२०७३ सकिने छ । सोही कार्यक्रममा विभिन्न सरकारी विद्यालयका ६ जना बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गरिने तयारी समेत संस्थाले गरेको छ ।