बलिउड नायिका मल्लिका शेरावतलाई भाडा तिर्न नसकेपछि घर मालिकले निकालिदियो ! - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

बलिउड नायिका मल्लिका शेरावतलाई भाडा तिर्न नसकेपछि घर मालिकले निकालिदियो !



मुम्बई (एजेन्सी)– बलिउड नायिका मल्लिका शेरावतको फेरि एक पल्ट चर्चा चुलिएको छ। तर, यति बेला उनी आफ्नो ‘हट’ छविको कारण नभई घरको भाडा तिर्न नसकेका कारण चर्चामा आएकी हुन्।पेरिसमा बस्दै आएकी मल्लिकालाई घरको भाडा तिर्न नसकेपछि घर मालिकले निकालेको खबर आएको छ।

पेरिसमा उनी व्वाय फ्रेन्ड सिरिल अग्जनफेन्ससँग बस्दै आएकी थिइन्। तर, दुई मध्ये कसैले घर भाडा तिर्न नसकेपछि यस्तो अवस्था आएको हो। बिबिसी रिपोर्ट्रका अनुसार मल्लिका र उनको व्वाय फ्रेन्डले ८० हजार युरो अर्थात् ९० लाखभन्दा बढी रुपैयाँ तिर्नु पर्ने थियो। उनको वकिलले दुवै जनाको आर्थिक अवस्था खस्किदो रहेको हुनाले भाडा तिर्न नसकेको बताएका छन्।

मल्लिकाको वास्तविक नाम रिमा लाम्बा हो। उनले बलिउड करिअरको सुरुवात ‘ख्वाहिश’ बाट गरेकी थिइन्। मल्लिकाले पछिल्लो समय सार्वजनिक भएको खबरको खण्डन गरेकी छिन्। उनले ट्विटमार्फत भनेकी छिन्, ‘केही मिडियाकर्मीलाई लाग्छ, मेरो पेरिसमा केही अपार्टमेन्ट छ। तर, त्यो सत्य होइन।’ उनले ट्विटरमा थप लेखेकी छिन्, ‘कसैले कुनै अपार्टमेन्ट मलाई दानमा दिएको हो भने कृपया मलाई ठेगाना बताइदिनु होला।’

मल्लिकाले केही समय अगाडि आफ्नो श्रीमानलाई छोडेकी थिइन्। उनको एउटा छोरा छन्। तर, छोरा पहिलो श्रीमानसँग बस्दै आइरहेका छन्।