फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना



२४ साउन, काठमाडौं । गोरखाबाट विरामी लिएर आएको फिस्टेल एयरको हेलिकोप्टर सोमबार नुवाकोटमा दुर्घटना भएको छ ।

हेलिकोप्टर नुवाकोटको मदानपुर ९ को जंगलमा दुर्घटना भएको पुष्टि भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले बताएका छन् ।फिदिमबाट विरामी लिएर उडेको नाइन एन ए के ए कल साइन भएको हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।

उनले भने,  ‘घटनास्थलमा अहिले प्रहरी पुगिसकेको छैन । तर, दुर्घटना भएको भन्ने करिब-करिब पुष्टि भएको छ ।’

हेलिकोप्टरमा एक चालकसहित ६ जना सवार थिए । उनीहरूको अवस्था कस्तो छ भनेर खुलिसकेको छैन ।

फिस्टेल एयरले दिएको जानकारीअनुसार नुवाकोट क्षेत्रमा आइपुगेपछि हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।

हेलिकोप्टर गोर्खाबाट दिउँसो १२ बजेर १० मिनेटमा उडेको थियो । १२ बजेर ३५ मिनेट जाँदा हेलिकोप्टर सम्पर्क बाहिर गएको फिस्टेल एयरले जनाएको छ ।

source:onlinekhabar