प्रहरीको गोली प्रहारबाट विप्लवका जिल्ला नेताको मृत्यु - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

प्रहरीको गोली प्रहारबाट विप्लवका जिल्ला नेताको मृत्यु



काठमाडौँ

सर्लाहीमा  प्रतिबन्धित विप्लवका समूहका एक नेताको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला इज्चार्ज कुमार पौडेल रहेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले बताए । पोखरेलले बताएअनुसार लालबन्दीमा दुई वटा मोटरसाइकलमा आएका चार जना विप्लव कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा भिडन्त भएको थियो ।

विप्लवका जिल्ला इन्चार्ज पौडेलसहितको टोलीले प्रहरीमाथि आक्रमण थालेपछि जबाफी गोली चल्दा पौडेलको मृत्यु भएको पोखरेलले बताए । घटनापछि ती जङ्गलतर्फ भागेको बताइएको छ । उनीहरू नम्बर नखुलेको एफजेड बाइक र ना २२ प ६४ नम्बरको निलो पल्सर बाइकमा सवार रहेको बताइएको छ ।

घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपीसहितको टोली पुगेको प्रदेश नम्बर २ का प्रहरी प्रवक्ता डीएसपी दानबहादुर थापाले जानकारी दिए ।