पूर्ब बडामहारानी बस्ने मञ्जिलको लाइन काटियो - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

पूर्ब बडामहारानी बस्ने मञ्जिलको लाइन काटियो



५ भदौ, काठमाडौं । उर्जामन्त्रीको निर्देशनपछि नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु गरेको छ ।

प्राधिकरणले आइतबार बिराटनगर, कैलाली र काठमाडौंका वितरण केन्द्रअन्तरगत धेरै बक्यौता भएका ग्राहकहरुको लाइन काटेको छ ।

यस क्रममा पूर्व मुमा बडामारानी रत्न शाह बस्ने नारायणहिटी दरबारको महेन्द्र मञ्जिलको लाइन काटिएको छ । महेन्द्र मञ्जिलले ३७ लाख ३१ हजार रूपैयाँ महसुल भुक्तानी गर्न बाँकी छ ।

आइतबार मात्रै झण्डै डेढ करोड रुपैयाँ बराबर बक्यौता भएका ग्राहकको लाइन काटिएको प्राधिकरणका प्रवन्ध निर्देशक मुकेशराज काफ्लेले जानकारी दिए ।

अब लामो समय बक्यौता नतिर्ने सबै ग्राहकको लाइन काट्ने गरी अभियान थालिएको प्रवन्ध निर्देशक काफ्लेले अनलाइनखबरलाई बताए ।

अत्यावश्यक सेवा प्रदायक अस्पताल लगायतलाई महसुल भुक्तानीका लागि केही समय दिएपनि अन्यलाई भने कुनै मौका नदिइने उनले बताए ।

सरकारी कार्यालयलाई एक हप्ताको अल्टिमेटम दिएर सूचना निकाल्ने तयारी प्राधिकरणको छ ।

प्राधिकरणले काठमाडौंमा १० लाख बक्यौता रहेको कमला दुगड र ६ लाख बक्यौता रहेको शारदा शेरचनको व्यवसायिक संस्थाको पनि लाइन काटेको छ ।

अत्तरियामा मात्रै आज ४५ लाख बक्यौता रहेको ८० ग्राहकको लाइन काटिएको छ भने बिराटनगरमा २६ लाख बक्यौता रहेको ४४ वटा ग्राहकको लाइन काटिएको छ । काठमाडौंमा तीन दिनका बीचमा डेढ करोड ७० ग्राहकको लाइन कटौति भएको छ ।

प्राधिकरणको कुल ९ अर्ब बक्यौता मध्ये ६ अर्ब बक्यौता भने तीन महिना काटिससकेका छन् । सडकबत्तिबाट मात्रै प्राधिकरणले ३ अर्ब रुपैयाँ बक्यौता उठाउन बाँकी छ ।

अनलाईन खबरबाट साभार