पश्चिम नेपाल बस व्यवसायीद्धारा दशैलाई मध्यनजर गर्दै अग्रमि टिकट बुकिङ खुल्ला - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

पश्चिम नेपाल बस व्यवसायीद्धारा दशैलाई मध्यनजर गर्दै अग्रमि टिकट बुकिङ खुल्ला



बुटवल भदौ २७,पश्चिम नेपाल बस व्यवसायी संघले वडा दशैलाई मध्यनजर गर्दै मंगलबारदेखि अग्रमि टिकट बुकिङ खुल्ला गरेको छ । संघले आज नागरिक सहायकता कक्ष सञ्चालन गरे संगै अगिम टिकट बुकिङ खुल्ला गरेको हो ।

पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलका कार्यबाहक अध्यक्ष नारायण प्रसाद घिमिरेले दशैलाई लक्षित गरी यात्रुहरुलाई सहज यात्रा दिने गरी अग्रिम टिकट बुकिङ खुल्ला गरेको जानाकारी दिनुभयो ।

चाडपर्वको मिति नजिकिए संगै मानिसहरु आ आफ्नो घर जानेको लागि तयारी गर्ने भएको कारण अग्रीम टिकट बुकिङ खुला गरिएको हो ।

बुटवलबाट विभिन्न स्थानमा जाने यात्रुहरुको चाप लाई मध्यनजर गर्दै गाडीको संख्या पनि थप्न गरेको संघले जानाकारी दिएको छ । यात्रुलाई छतको यात्रा गर्न नपर्ने तथा सहज यात्राका लागि दैनिक १८ सय सवारी सवारी बुटवलको बसपार्कबाट छुटाइएको छ ।

संघमा अहिले करिव २ हजार ३ सय ५० भन्दा बढि गाडीहरु आवद्व रहेको भन्दै सोही अनुपातमा गाडीहरु थप्नको लागि तयारी अवस्थमा राखिएको जनाइएको छ ।

चाडपर्व लक्षित स्थापना गरिएको नागरिक सहायकता कक्षमा यात्रु लाई पर्ने असुविधा तथा सुरक्षाको प्रबन्ध मिलाइने छ । सहायता कक्षमा भाडादर समेत राखिएकाले यात्रुहरु बढि भाडा तिर्नबाट जोगिने अपेक्षा समेत लिइएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी यातायात ब्यवस्था कार्यालय लुम्विनीका प्रमुख चेत प्रसाद उप्रेतीले यात्रुहरुलाई सन्तुष्ट गराउनु यातायात ब्यवसायीको पहिलो धर्म हुने बताउनु भयो । उहाले यातायात क्षेत्रमा समस्या संग संगै असमझदारी र अबिश्वासको बातावरण रहेको संकेत गर्दै सामुहिक रुपमा पहल गर्न सके समस्या समाधान हुने बताउनु भयो

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख पवन कुमार भटटराईले दोहोरो टिकट नदिने तथा सिट क्षमता अनुसार टिकट काटेमा यात्रुले दुःख नपाउने भन्दै त्यसका लागि संघले विशेष ध्यान पुराउनुपर्ने बताउनुभयो ।

टाफिक प्रहरीले पनि दशैलाई लक्षित गरी सुरक्षा सयन्त्र निर्माण गरेको भन्दै चाडपर्व लक्षित रेफरेक्स सेन्टरलाई भरपुर उपयोग गर्न व्यवासायी हरुलाई आग्रह गरेको छ ।

पश्चिम क्षेत्रिय टाफिक प्रहरी कार्यालय बुटवलका डिएपी माधव बुढााथोकीले यात्रुहरुले सहज रुपमा गन्तव्यमा पुगुन भनेर ठाउ ठाउमा स्थायी तथा अस्थायी रिफरेस सेन्टरलाई प्रयोग गर्न आग्रह गर्नुभयो ।

बुटवलबाट विशेषगरी पहाडि जिल्लामा जाने यात्रुहरुको भिडभाड हुने भएकाले सुरक्षा सतर्कता समेत बढाइएको उहाको भनाई थियो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यबाहक अध्यक्ष दिनेश पाण्डेले सञ्चारकर्मीहरुले जहिले पनी यातायात क्षेत्रमा देखा परेका समस्या समाधानका लागि सुझाव दिने गरेको बताउदै , सवारी दुर्घटना, यात्रुले झेल्नु परेका समस्या र यातायात क्षेत्रको बेथीतीबारे समाचार लेख्ने बातावरण नवनाउन यातायात ब्यवसायीहरुलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा पश्चिम नेपाल बस ब्यवसायी समितीका निर्देशन कमिटीका संयोजक कृष्ण प्रसाद न्यौपानेले पश्चिम नेपाल बस ब्यवसायी संघ सदैव यातायात क्षेत्रको सुधारका पक्षमा रहेको बताउदै ब्यवसायीहरु माथी परेका समस्याबारे सकारात्मक धारणा नबनाई दिदा यातायात ब्यवसायीहरु जहिले पनी मर्कामा परेको गुनासो गर्नु भयो ।

कार्यक्रम संघका महासचिव जिवन कुमार बन्जाडेको सञ्चालन बरिष्ठ उपाध्यक्ष नारायण प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।