नेवि संघको ११ औँ महाधिवेशनमा फेरी लफडा - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

नेवि संघको ११ औँ महाधिवेशनमा फेरी लफडा



13989608_1518672688146515_1380139197_n

 

काठमाडौँ, ३० साउन– काठमाडौँमा जारी नेवि संघको ११ औँ महाधिवेशनमा फेरी अर्को लफडा थपिएको छ । अध्यक्षका प्रत्यासी पदमराज पन्त, मनोजमणि आचार्य, निलकण्ठ रिजाल, विनिता अधिकारी, आनन्दराज त्रिपाठी, क्षितिज भण्डारी र दिपक भट्टराईले सयुक्त रुपमा प्रेश विज्ञप्ति मार्फत अधिवेशनमा धाँधली भएको आरोप लगाएका छन् । विज्ञप्तिमा गत शनिवार साँझ प्रकाशित गरिएको प्रतिनिधि नामावली सूची व्यापक अनियमतिता र धाँधली गरी फर्जी प्रतिनिधि थपिएको आरोप लगाएका छन् । यस्तै विज्ञप्तिमा निर्वाचन तालिका प्रकाशन गर्ने क्रममा मतदाता नामावली उपर दाबी विरोधको समय सम्म नतोक्नुले आफैमा धाँधली भएको प्रमाण भेटिएको बताइएको छ । थप गरिएका फर्जि प्रतिनिधिहरुको नामा खारेज गरी बास्तविक विद्यार्थी प्रतिनिधि प्रकाशित नगरेसम्म मागको सम्वोधन नगरे थप आन्दोलन सहित अघि बढ्ने चेतावनी दिएका छन् ।

14009889_1074417295983828_1325178749_n
यस्तै बल्लबल्ल महाधिवेशन निर्देशन समितिले तयार गरेको महाधिवेशन प्रतिनिधिलाई नौ वर्षदेखि तदर्थ समितिमा चलेका अध्यक्ष रञ्जित कर्ण पक्षले अड्को थापिरहेका बेला माउ पार्टि केन्द्रिय सदस्यद्धय एबं निर्देशन समितिमा रहेका गोबिन्द भट्टराई र गुरुराज घिमिरेले एक बिज्ञप्ती निकाल्दै महाधिवेशन प्रतिनिधिको विवाद मिलाएर निर्वाचन प्रक्रिया अगाडि बढाउन अनुरोध गरेका छन् ।

विज्ञप्तिमा अहिले प्रकाशित नामावली हेरफेर गरेको भन्दै ध्यानाकर्षण गराएको छ । निर्देशन समितिमा भएको सहमति र निर्णय अनुरुप विवादित नामावली सच्चाएर मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरिएको छ । गत २३ गतेबाट सुरु भएको महाधिवेशनमा जिल्लाभरका ३७ सय ६० जना विद्यार्थीको सहभागिता रहेको छ । महाधिवेशनमा प्रतिनिधिका बारेमा पटक पटक विवाद थपिदा जिल्लाबाट आएका प्रतिनिधिहरु अन्योलमा परेका छन् । गत २३ गते उद्घाटन पछि प्रतिनिधी विवाद देखिदा अनिश्चित बनेको महाधिबेशनमा गएराति मतदाता नामावली प्रकाशित भएको थियो ।