नेविसंघको महाधिवेशनमा काँग्रेसले सक्यो ५ करोड - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

नेविसंघको महाधिवेशनमा काँग्रेसले सक्यो ५ करोड



काठमाडौँ, ७ भदौ– काँग्रेसको सबैभन्दा ठूलो भ्रातृसंस्था नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन गर्न चार करोड ८२ लाख रुपैयाँ खर्च भएको छ । तीन हजारभन्दा बढी महाधिवेशन प्रतिनिधीका लागि १२ दिन बस्ने, खाने र महाधिवेशन तयारीका लागि पौने पाँच करोडभन्दा बढी खर्च भएको हो ।

खानामा झन्डै दुई करोड ३४ लाख र बस्नलाई एक करोड ९८ लाख गर्दा नेविसंघको महाधिवेशन लगत खान र बस्नलाई मात्र चार करोड ३२ लाख रुपैयाँ खर्च भएको देखिन्छ । नवनिर्वाचित कोषाध्यक्ष शिव रिमालले पाँच करोडजति खर्च भएको हुनसक्ने बताए । नयाँ पत्रिकाबाट