नीराजन र प्रविशाको 'विस्तारै विस्तारै' गीत सार्वजनिक ( भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नीराजन र प्रविशाको ‘विस्तारै विस्तारै’ गीत सार्वजनिक ( भिडियो सहित)



गायक नीराजन कँडेल र गायिका प्रविशा अधिकारीको स्वरमा रहेको आधुनिक गीत विस्तारै विस्तारै सार्वजनिक भएको छ। सार्वजनिक उक्त गीतमा प्रमोद कोइरालाको शब्द तथा संगीत रहेको छ भने सागर थापा र स्वाती श्रेष्ठको अभिनय रहेको भिडियोले बालापानदेखि नै हुने प्रेमलाई देखाएको छ। बाल्यकालमा टाढिएको प्रेम किशोरावस्थामा पुनस् प्राप्त हुनु नै भिडियोको मुख्य कथा रहेको छ।

गीतले प्रेमी(प्रेमीका एकापसमा गहिरो प्रेममा रहेको भान दिन्छ। गणेश शाहीको निर्देशनमा तयार भएको भिडियोमा फराज अर्पणको छायांकन तथा सम्पादन रहेको छ। भिडियोमा प्रविन राईले ड्रेन चलाएका छन्। नीरा कँडेल, जानकी देवी कँडेल र जोफ्रे मिरेन्जी निर्माता रहेको भिडियोमा बाल कलाकारका रूपमा शाश्वत र अनुश्रेया छन् भने राजेश बिसुराल र स्विक्षा राज बिसुरालको पनि अभिनय रहेको छ।

हेर्नुहोस् भिडियो सहित: