नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न



गोविन्द वस्नेत

नेपलीज सोसीयल ओर्क एण्ड रिक्रियसनल ग्रुपको आयोजना र डाडाजोर मेला व्यवस्थापन समित स्वर्गीय नारायण दत्त तिमल्सेना स्मृति प्रतिस्थान को सह आयोजनामा नवलपरासीको दुम्किवास गा.वि.स को डाडाजोर मा १ दिने निशुल्क स्वास्थ्य शिवीर सम्पन्न भएको छ ।

स्थानिय वासीलाई केहि लाभहोस भन्ने उदेश्यले स्वास्थ्य सिवीर संचालन गरीएको साकार लम्सालले वताए ।

स्वास्थ्य सिवीरमा पेट,मुटु तथा छातिरोग विशेषज्ञ डाक्टर महेसराज घिमीरे,फिजियो थेरापिस्ट डाक्टर रोसन कुमार विश्वर्कमा मेडिकल प्रशन सुदन वास्कोटा,सान्ति साही, अम्विका गुरुङ्ग,प्रमोद रायमाझी,डेन्टल प्रशन दिपागा थापा,भुपाल आले,प्रवेस पौडेल,पनिता राना लगायतले पाच सय भन्दा वढि व्यत्तिलाई चेकअप गरेका थिए ।

विरामीहरुलाई निशुल्क औषधि समेत वितरण गरेको संयोजक सुरेन्द्र गुप्ताले बताए । किरण कर्म वज्राचार्यको अध्यक्षतामा संचालन भएको कार्यक्रमको संचालन राजेन्द्र सुनारले गरेका थिए ।