देउवाले भने अन्तर्घातीलाई पार्टीबाट निकाल्छु । - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

देउवाले भने अन्तर्घातीलाई पार्टीबाट निकाल्छु ।



हिमालपोष्ट/साउन ५, काठमाडौँ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अनुशासन समिति बनाएर अन्तरघातीलाई कारबाही गर्ने बताए ।

अनुशासन समिति बनाएर पार्टीमा अन्तरघात गर्नेलाई कारबाही नगर्ने हो भने काँग्रेस कहिल्यै ठुलो पार्टी बन्न नसक्ने उनको निष्कर्ष छ ।

प्रदेश नम्बर २ को भेलालाई सम्बोधन गर्दै देउवाले पहिलो र दोस्रो चरणको चुनावमा पार्टीले व्यहोरको हारको विश्लेषण गरे । उम्मेदवार चयनमा भएको ढिलाइ र अन्तरघातका कारण काँग्रेसले धेरै ठाउँमा चुनाव हार्नु परेको उनको निष्कर्ष छ ।

अन्तरघातकै कारण धेरै ठाउँमा डेढ दुई सय भोटले काँग्रेसका उम्मेदवारहरु हारेको भन्दै उनले अघि भने, ‘अब अनुशासन समिति बनाएर अन्तरघातीलाई पार्टीबाट निकाल्नु पर्छ ।