देउराली यातायातमा चुनावी सरगर्मी, खड्का समूहद्वारा प्यानल प्रस्तुत - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

देउराली यातायातमा चुनावी सरगर्मी, खड्का समूहद्वारा प्यानल प्रस्तुत



img_20161117_125238हरिप्रसाद भुसाल / मंसिर २, अर्घाखाँची
देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीको अधिबेशन नजिकिदै जाँदा नयाँ कार्य समितिको लागि गठवन्धन शुरु भएको छ ।
नयाँ नेतृत्वका लागि समितिभित्रै सर्वसम्मतको प्रयास गरेको भएपनि असफल भएपछि बर्तमान अध्यक्ष योगेन्द्र खड्काले आफ्नै नेतृत्वमा नयाँ प्यानलको घोषणा गरेका छन् ।
सर्वसम्मत बनाउने प्रयास गरिएको प्रयास असफल भएपनि अधिकांश व्यवसायीहरुको साथ सहयोग र समर्थन आफुलाई रहेको बताउदै खड्काले आफुहरुको जित सुनिश्चित भएको दावी समेत गरेका छन् ।
प्राप्त जानकारी अनुसार नेपाली काँग्रेस निकटका व्यवसायीहरुसंग सहमतीको लागि अन्तिम प्रयास गरिएको भएपनि आफुहरुको नेतृत्वमा आउन उनीहरु तयार नभएपछि बाध्य भएर नयाँ गठबन्धन बनाउनुपरेको खड्काको भनाई रहेको छ ।
खड्का नेतृत्वको प्यानललाई नेपाली काँग्रेस निकट बाहेक सवै व्यवसायीहरुको समर्थन रहेका कारण चुनाव अघि नै आफुहरुको जीत सुनिश्चित भएको कोषाध्यक्षका उम्मेदवार गोविन्द बन्जाडेको भनाई छ । आफुहरुले समितिमा धेरै रचनात्मक काम गरिसकेको बताउदै बन्जाडेले बाँकी कार्यभार पुरुा गर्दै एक सक्षम, सशक्त र बलियो संगठनको रुपमा बिकास गर्नका लागि आफुहरुलाई सहयोग गर्न सवै व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
प्रस्तावित संयुक्त प्यानलमा वरिष्ठ उपाध्यक्षमा शिवलाल अधिकारी, उपाध्यक्षद्वयमा कृष्ण कुमार श्रेष्ठ र खगेश्वर बन्जाडे, महासचिवमा प्रेम प्रकाश पाण्डे, सचिवद्वयमा विष्णु बहादुर पन्थी र हिम बहादुर बस्नेत, सहसचिवमा मान बहादुर बुढा मगर, कोषाध्यक्षमा गोविन्द बन्जाडे रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा पिताम्वर भुसाल, बलराम भुसाल, प्रकाश खनाल, देवीराम घर्तीमगर, नारायण रेग्मी, केशव भुसाल, नारायण प्रसाद गैरे, बामदेव गैरे, भुवानन्द बन्जाडे, शिव ब. खत्री, कृष्ण प्रसाद वन्जाडे, बसन्ता बस्याल र रामप्रसाद बन्जाडे लगायत रहेका छन् ।
समितिको भोली र पर्सी सन्धिखर्कमा अधिबेशन हुनेभएको छ । अधिबेशनको अर्घाखाँची जिल्ला क्षेत्र नं. १ का साँसद तथा पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।