ठमेलका मुख्य सडकमा सवारी निषेध - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

ठमेलका मुख्य सडकमा सवारी निषेध



काठमाडौं-

पर्यटकीय केन्द्र ठमेलको मुख्य सडकमा सवारी निषेध गरिएको छ । ‘वाकिङ स्ट्रिट’को अवधारणअनुसार आइतबारदेखि ठमेलका मुख्य सडकमा सवारी चलाउन निषेध गरिएको हो । पर्यटन व्यवसायीको अग्रसरतामा ट्राफिक प्रहरीले आइतबार दिउँसोदेखि सवारीसाधन निषेध गरेको हो ।

महानगरीय प्रहरी ट्राफिक प्रभाग दरबारमार्गका प्रहरी निरीक्षक सुनीलजंग शाहका अनुसार ठमेल छिर्ने मुख्य चार चोकबाट सवारी रोकिएको छ । नर्सिङचोक, सातघुम्ती, जेपी स्कुललगायत चोकबाट सवारी भित्र छिर्न रोकिएको छ ।

बोर्ड राखेर आइतबारदेखि ट्राफिक प्रहरीले सवारी रोकेका छन् । सवारीसाधनका कारण ठमेलका साँघुरा सडक अस्तव्यस्त बन्ने गरेका थिए । पर्यटकको भिड लाग्ने ठमेलमा सवारीसाधन प्रवेश गर्दा जाम हुने गरेको थियो ।

एम्बुलेन्स तथा पानी बोक्ने सवारीलाई भने प्रवेश दिने ठमेल पर्यटन परिषद्ले जनाएको छ । सवारीसाधन निषेध गर्दा पार्किङको भने समस्या देखिएको छ । ठमेल आसपास पार्किङका लागि जग्गा खोज्ने काम भइरहेको परिषद्ले जनाएको छ ।