जेठ ४ गते हैरान हुने दिन ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

जेठ ४ गते हैरान हुने दिन !



दर्शक हसाँउनेमा विश्वस्त नेपाल चलचित्र निर्माता संघको आन्दोलनको कारण जेठमा प्रदर्शन मिति तोकिएका फिल्म अन्यौलामा रहे । कतिपयले प्रदर्शन मिति पछाडि सारे भने कतिपय तोकिएकै मितिमा रिलिज हुने तयारीमा छन् । जेठ ४ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘हैरान’ पछि हटेन । यो फिल्म जेठ ४ मै रिलिज गर्ने तयारीमा कलाकार गजित बिष्ट लागेका छन् ।

यो फिल्मबाट गजित खुबै आशावादी देखिएका छन् । गजितले फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिने बताए । फिल्मले देशको विभिन्न विकृतीहरुलाई समेत उठान गरेको उनले बताएका छन् । विश्वकै कान्छा निर्देशक सौगात बिष्टको निर्देशनमा तयार भएको फिल्ममा सत्यराज आचार्य, सौगात बिष्ट, सागर लम्साल, निश्मा घिमिरे, आरोही शर्मा लगायतका कलाकार देख्न सकिन्छ ।
फिल्मलाई दर्शकले मन पराउनेमा यसका कलाकार पनि विश्वस्त देखिएका छन् । सोलो रिलिज भएकाले पनि गजित खुशी छन् ।