चुनाव बिरोधि गतिबिधि गरेका सिके राउत छुटे - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

चुनाव बिरोधि गतिबिधि गरेका सिके राउत छुटे



धनुषा–

चुनाव विरोधी गतिविधिमा संलग्न रहेको भन्दै पक्राउ परेका सिके राउत बुधबार छुटेका छन् । उच्च अदालत जनकपुरको आदेशमा उनी छुटेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई चुनावको दिन पक्राउ गरी निर्वाचन कसुर ऐनअनुसार पक्राउ गरेको थियो । उनले भोट नहाल्न भन्दै सर्वसाधरणलाई प्रभावमा पारेका थिए । उनको गाउँ सप्तरीको महादेवाको एउटा मतदान केन्द्रमा कसैले मतदान नै गरेनन् । अन्य मतदान केन्द्रहरुमा पनि भोट नहाल्न भन्दै मतदातालाई प्रभावीत पारेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला अदालत धनुषाले थुनामा राख्न आदेश दिएपछि उच्च अदालतले पर्याप्त प्रमाण नभएको भन्दै छाड्ने आदेश दिएपछि बुधबार उनी छुटेका हुन् ।