चीनले सगरमाथामा अन्तर्राष्ट्रिय पर्वतारोहण केन्द्र बनाउने घोषणा - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

चीनले सगरमाथामा अन्तर्राष्ट्रिय पर्वतारोहण केन्द्र बनाउने घोषणा



बेइजिङ, १८ कात्तिक । चीनले सर्वोच्च शिखर सगरमाथाको उत्तरी आधार शिविरनजिकै अन्तर्राष्ट्रिय पर्वतारोहण केन्द्र बनाउने घोषणा गरेको छ।

चीनले तिब्बतमा पर्यटनको थप विकास गर्न आधारभूत प्रबन्धसहितको सुविधासम्म केन्द्र बनाउन लागेको हो।

चीनको तिब्बत स्वायत्त प्रदेशको कडखर टाउनसिपमा सन् २०१७ मा केन्द्र निर्माण सुरु गरेर दुई वर्षमा सम्पन्न गर्ने समाचार चीनको सरकारी प्रकाशन चाइना डेलीले लेखेको छ।

सगरमाथाको उत्तरी मोहडादेखि उत्तरीतिरको भूभागमा ८४ हजार ३ सय २० वर्गमिटर क्षेत्रफलमा निर्माण हुने यो केन्द्रका लागि चीनले दस करोड युआन (एक अर्ब ६० करोड) रुपैँया खर्च गर्नेछ।

समाचारमा जनाइएअनुसार निर्माण हुने अन्तर्राष्ट्रिय पर्वतारोहण केन्द्रमा पर्वतारोही, हिउँमा चिप्लेटी खेल्ने खेलाडी, प्याराल्याइड र पथप्रदर्शकलाई खानाको व्यवस्था हुनेछ।

कान्तिपुर दैनिकमा समाचार छ ।