गच्छदारलाई कांग्रेससंग मिलेपछि राहत - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

गच्छदारलाई कांग्रेससंग मिलेपछि राहत



काठमाडौं-

लगातार २६ वर्षदेखि जित्दै आएका कांग्रेस नेता विजयकुमार गच्छदार ‘सगर्व’ भन्छन्, ‘मैले हजारौं व्यक्तिलाई सरकारी जागिर लगाइदिएको छु, मेरो निर्वाचन क्षेत्रमा धेरै विकास गरेको छु ।

मैले २५ वर्ष जनताको सेवामा बिताएको छु । त्यसैले मलाई मतदाताले माया गर्नुहुन्छ ।’

२०४८ देखि हरेक निर्वाचनमा विजयी गच्छदार सातौं पटक निर्वाचनमा प्रतिस्पर्धामा छन् । उनले आफ्ना क्षेत्रमा व्यापक विकासका काम गरेकाले कसैले पराजित गर्न नसक्ने दाबी गरे ।

वाम गठबन्धनबाट एमाले उम्मेदवार भगवती चौधरी दोस्रोपटक गच्छदारसँग प्रतिस्पर्धा गर्दै छिन् । उनी लघुवित्त संस्था सञ्चालक पनि हुन् । उनको लघुवित्तको जालो गाउँगाउँ फैलिएको छ ।

कांग्रेस उम्मेदवार गच्छदार आफूलाई भावी प्रधानमन्त्री र पार्टी उपसभापति दाबी गर्दै भोट मागिरहेका छन्, अघिल्लो चुनावमा उनैसँग पराजित वाम गठबन्धन उम्मेदवार एमालेकी चौधरी फेरि प्रतिस्पर्धामा छिन् ।, यो खबर आजको कान्तिपुरमा छ ।